समाचार

कात्तिक ८ गते कृष्ण औँसीका दिन सूर्यग्रहण

काठमाण्डौं । कार्तिक कृष्ण औँसीका दिन यही कात्तिक ८ गते मङ्गलबार लाग्ने ग्रस्तासत खण्डग्रास सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्ययिक्तलाई अतिकष्ट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले प्रकाशन गरेको विसं २०७९ को राष्ट्रिय पञ्चाङ्गम्मा उल्लेख भए अनुसार कात्तिक ८ गतेको ग्रहण फल अनुसार मेष राशि भएकालाई स्त्रीपीडा, वृष राशिकालाई सुख, मिथुन राशिकालाई चिन्ता, कर्कट राशि भएकालाई व्यथा र सिंह राशि भएकालाई श्रीप्राप्तिको योग रहेको छ

भारतमा १० करोड डोज कोरोना खोप नष्ट गरियो

एजेन्सी । कोरोनाभाइरस विरूद्धको बुस्टर डोजको माग नभएपछि भारतमा १० करोड डोज खोप नष्ट गरिएको छ । संसारकै ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाका सिइओ आधार पुनावालाले लगाउने मान्छे नभएपछि १० करोड डोज खोप नष्ट गरिएको बताएका छन् । बजारमा माग नभएर डेट एक्स्पायर हुन लागेपछि खोप नष्ट गरिएको हो । पुनावालाले गत डिसेम्बरदेखि आफ्नो कम्पनीले कोभिसिल्ड खोप उत्पादन बन्द गरेको जानकारी दिए । सेरमले अब कोभ्याक्स नामको

बन्दीपुर सिस्नेघारीमा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

तनहुँ । बन्दीपुर गाउँपालिका-३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट शुक्रबार बिहान बालिकाको मृत्यु भएको छ । घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाले आक्रमण गर्दा ११ वर्षीया बीना चेपाङको मृत्यु भएको हो । बिहान ६ः३० बजेको समयमा चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ । गत असारमा पनि बन्दीपुर गाउँपालिका–१ र ४ मा चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको थियो । २ जना

आयल निगमले ६० जना कर्मचारी माग्यो

काठमाडौं । नेपाल आयल निगमले विभिन्न रिक्त पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । निगमले शुक्रवार एक सूचना जारी गर्दै विभिन्न पदमा ६० जनाकाे विज्ञापन खुलाएको हो । इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा हुने

काठमाण्डौं । दशौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएको छ । गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा बुधबार पोखराको होटल बाराहीमा बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौंको मिति र स्थान तय गरेको हो । बैठकमा सहभागी बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीले दशौं राष्ट्रिय खेलकुद २०८१ सालमा कर्णाली प्रदेशमा आयोजना हुने निर्णय भएको जानकारी दिए । उनले २०८१ मै हुने तर महिना भने

सशस्त्र प्रहरीको एआइजीमा दाहालको बढुवा

काठमाण्डौं । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका वंशीराज दाहालले दर्ज्यानी चिह्न लगाएका छन्। उनलाई बुधबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। नेपाल सरकार मन्त्रिपरिषद्को असोज २८ गतेको निर्णयले दाहाल सशस्त्र प्रहरी नायब महानिरीक्ष (डीआईजी)बाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका हुन् । समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले कुनै पनि संगठनमा सेवारत रहँदा पदोन्नति महत्त्वपूर्ण

बझाङ जीप दुर्घटना: सातै जना मृतकको सनाखत

बझाङ । बझाङमा क्षमताभन्दा बढी यात्रु बोक्दा जीप दुर्घटना भएको छ । क्षमताभन्दा बढी यात्रु बोक्दा बुधबार जिल्लाको मष्टा गाउँपालिका १ तुफानडाँडा नजिकै जीप दुर्घटना भएको हो । क्षमताभन्दा बढी यात्रु बोक्दा जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको र १६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए । उनका अनुसार  सुर्मादेवी मेला हेरेर घर फर्किने क्रममा सु.प.प्र.००१ च ११७ नम्बरको जीप दुर्घटना भएको हो

सुपर १२ मा पुग्न निर्णायक खेल खेल्दै श्रीलंका

एजेन्सी । श्रीलंकाले आइसिसी टि२० विश्वकप २०२२ को सुपर १२ मा पुग्न आज निर्णायक खेल नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल विहान ९ः ४५ बजे जिलोङमा सुरु हुनेछ । यस खेलको विजेता सुपर १२ मा स्थान बनाउने पहिलो टोली बन्नेछ । नेदरल्यान्ड्स विजयी हुँदा भने समूह विजेताका साथ सुपर १२ मा पुग्नेछ । नेदरल्यान्ड्स ४ अंकका साथ शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स पराजित हँुदा भने अन्य टोलीको नतिजामा निर्भर पर्नेछ । नेदरल्यान्ड्स

एकीकृत समाजवादीद्वारा निर्वाचन परिचालन समिति गठन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपालको संयोजकमा २ हजार ५०१ सदस्यीय निर्वाचन परिचालन समिति बनाएको छ । समितिमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय जेष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय परिषद्का पदाधिकारी एवं सदस्य र पार्टीका प्रदेश कमिटीका पदाधिकारी एवं जनवर्गीय संगठनका पदाधिकारी रहेका छन् । महासचिव बेदुराम भुसालको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन परिचालन केन्द्रीय सचिवालय समेत गठन गर्ने निर्णय भएको नेकपा एसले बताएको छ । सचिवालयले निर्वाचन

बझाङ जीप दुर्घटनामा मृत्यु हुने चारको पहिचान खुल्यो

बझाङ । बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा मृत्यु हुने चार जनाको पहिचान खुलेको छ । दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटका १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए । उनका अनुसार अन्य मृतक र घाइतेको पहिचान खुलेको छैन । बझाङको सदरमुकाम चैनपुर नजिक रहेको डुङ्ग्री बजारबाट