राजीनामा दिने तयारीमा प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदबाट राजीनामा दिने मुडमा पुगेका छन् । सत्ता टिकाउन जनता समाजवादी पार्टी (जसपा)को शरणमा परेपनि नटिक्ने अवस्था आएपछि राजीनामा दिन तयार भएका हुन् । नेकपा खारेज गर्दै सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि संकटमा परेका ओलीले सत्ता टिकाउन अनेक प्रयत्न गरे । उनले सत्ता टिकाउन कांग्रेस र जसपाको साथ खोजे । तर, दुवैको साथ नमिल्ने भएपछि ओली मानसिक रूपमा राजीनामा दिन








