‘उपहार’ लिएर अभिनयमा फर्किइन् रेखा


  • ‘उपहार’ लिएर अभिनयमा फर्किइन् रेखा

    काठमाण्डौं : कुनै समय नेपाली फिल्ममा एकक्षत्रराज गरेकी नायिका रेखा थापा अब आफ्नो होम प्रोडक्सनको फिल्म ‘उपहार’मार्फत् अभिनयमा फर्किएकी छन् । पशुपतिनाथमा शुभ-मुहूर्त गरेपश्चात् त्रिभुवन विमानस्थलको गेटबाट फिल्मको छायांकन शुरु गरिएको छ ।

    अघिल्लो वर्षको सुपरहिट फिल्म ‘झिँगेदाउ’का निर्देशक ज्ञानेन्द्र देउजाले ‘क्याप्टेनसिप’ सम्हालेको फिल्ममा रेखाका साथै पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, मिस्टर नेपाल २०२३ का विजेता समर्पणजंग कार्की, शिशिर राणा, तेज गिरीलगायतको मुख्य भूमिका रहनेछ । काठमाडौं आसपासमा छायांकन गरिने फिल्म सामाजिक विषयवस्तुमाथि आधारित भएर निर्माण हुने जानकारी प्राप्त छ ।



  • झण्डै ५ बर्षपछी अभिनयमा फर्किएकी नायिका थापाको ‘उपहार’ रेखा फिल्मस् र कपनगढी फिल्म्सको संयुक्त ब्यानरमा बन्न लागेको छ । अभिमन्यु निरवी तथा सुलक्षण भारतीयको लेखन रहेको फिल्ममा रेखा, पूजा र बेनिशाको अभिनय रहेको छ । पहिलो पटक उनीहरुको फिल्ममा सहकार्य भएको हो । रेखा थापालाई ‘उपहार’बाट जबर्जस्त कमब्याकको दबाब छ । किनकि, ‘रुद्रप्रिया’यता उनका कुनै पनि फिल्म सफल छैनन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *