सल्यानमा भिर बाट खसेर एक जनाको मृत्यु


  • सल्यानमा भिर बाट खसेर एक जनाको मृत्यु

    सल्यान । सल्यानमा भिर बाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं ४ भेरीखोर नीबासी ४८ बर्षिय भिम बहादुर वली को भिरबाट खसेर मृत्यु भएको हो ।   चैत्र २१ गते आफ्नो साइँलो भाई हरिप्रसाद वली को पाली (खरको छाना ) छाउनको लागि चाख्ले भन्ने ठाउँमा गएको र सांझ करीब ६ बजे आफ्नो घर फर्किने क्रममा जिम जनप्रेम समुदायक वनको झाँक्री सल्ला भन्ने भिर बाट खसेको बताइएको छ ।   बुवा घर किन आउनु भएन भनेर १२ बर्षिय छोरी अमृता वली अंकलको घरमा खोज्न आउदा चैत्र २२ गते बिहान ९ बजे मृत अवस्थामा फेला परेका थिए । घटना पश्चात् इलाका प्रहरी कार्यालय लुहाम बाट प्रहरी निरीक्षक श्याम प्रशाद यादव को नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगि घटना मुचुल्का गरी शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल सल्यानमा पठाईएको प्रहरीले जनाएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *