सहसचिवहरुको सरुवा तयारी


  • सहसचिवहरुको सरुवा तयारी

    काठमाडौं । सरकारले दर्जनौँ सहसचिवको सरुवा गर्दै छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अघि सरकारले नियुक्त तथा पदस्थापन गरेका ४४ सहित अन्य एक दर्जन गरी ५५ जना भन्दा बढी सहसचिवको सरुवा गर्न लागेको हो । १२ चैतमा बसको मन्त्रिपरिषद् बैठकले ज्येष्ठताबाट २२ र कार्य क्षमताबाट २२ गरी ४४ जनालाई नियुक्त गर्दै एकमुष्ठरुपमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गर्ने निर्णय गरेको थियो । साता दिनको तालिममा रहेका नवनियुक्त सहसचिवहरूको पोस्टिङका क्रममा मिलाउँदै जाँदा अन्य दर्जन बढी सहसचिवहरूको पनि सरुवा हुने मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालय उच्च स्रोतले प्रशासनलाई दिएको जानकारी अनुसार अहिले रिक्त रहेका सहसचिवहरूमा १७ जना गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तहमा ११ जना रहेका छन् । यसबाहेकका बाँकी नवनियुक्त सहसचिवहरूलाई सङ्घ तथा प्रदेश मन्त्रालयमा पठाइने छ । ति सहसचिवहरुको सरुवा मिलान गर्नेक्रममा अन्य एक दर्जन सहसचिवहरु परिवर्तन हुन सक्नेछन् । पछिल्लो समय मन्त्रालयले भई सकेको सरुवा बदर गर्ने तथा शक्तिकेन्द्रको दबाबका आधारमा बाटैबाट परिवर्तन गर्ने खेल बन्द गरेको भए पनि ‘पावर फूल’हरूको रोजाइमा भने अङ्कुश लगाउन अझै सकेको छैन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *