नवराजको नयाँ भिडियो ‘आई लभ यु’ सार्वजनिक


  • नवराजको नयाँ भिडियो 'आई लभ यु' सार्वजनिक

    नेपालगंज । मोफसलका व्यस्त भिडियो निर्देशक नवराज सुवेदीले एक कार्यक्रमकाविच 'आई लभ यु महिन' गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन । हाल सम्म चार दर्जन वढी म्युजिक भिडियो निर्देशन गरिसकेका सुवेदीको यो ५२ औ भिडियो हो ।  

    आर. के.सी. डिजिटल युट्युब च्यानलवाट सार्बजनिक गरिएको यो गीतमा करन चौधरी र समिक्षा चौधरीले स्वर दिएका छन । करन चौधरीको शब्द संगीत, केशव बडुको एरेन्ज, कुमार रानाको मिक्सिङ्ग रहेको गीतमा देवदास र अमिसा लामाको अभिनय  रहेको छ ।

    रामु चौधरीको सम्पादन रहेको यो गीतको छायांकन नेपालगंजमा विभिन्न स्थानमा गरिएको हो ।  कलाकारिताको भाषा एकमात्र कला भएका कारण पछिल्लो समय नेपाली गीतहरुसंगै थारु गीतहरुको   समेत भिडियो निर्देशन गर्दै आईरहेको सुवेेदी वताउछन ।



  • चाडै नै नयां भिडियो लिएर आउने वताउदै निर्देशन सुवेदीले यो भिडियो पनी उत्कृष्ट बनेकोले सबैले माया गरिदिनुहुन आग्रह समेत गरेका छन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *