एआइजीलाई थाहै नदिई डिआइजीले गरे लेखा प्रमुखहरुको सरुवा
काठमाडौं । हरेक पटक झै यसपटक पनी नेपाल प्रहरीभित्र लेखा प्रमुखहरुको सरुवा मनपरी भएको छ । लेखा प्रमुखहरुको सरुवा असार मसान्तभित्र गरिसक्नु पर्ने नियम भएपनी दुई साता पछी साउन दोस्रो साता मात्र ठूलो आर्थिक चलखेल गरी सरुवा गरिएको हो । प्रहरी प्रधान कार्यालयले हरेक वर्षको असार मसान्त भित्र लेखाप्रमुखहरुको सरुवा गर्नुपर्ने प्रावधान छ । गृहमन्त्रालयका उच्च कर्मचारी, आइजीपी बसन्त कुँवर, आर्थिक प्रशासन महाशाखाका प्रमुख डिआइजी केदार ढकालले ठूलो आर्थिक चलखेल