राजनीति

पार्टीलाई उपेक्षा गरे सत्ता गठबन्धनबाट बाहिरिने माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन् । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अहिलेको राजनीति र नेपालको मौसम उस्तै उस्तै रहेको टिप्पणी गरे । उनले नेपालको मौसममा केही भन्न नसकेजस्तै राजनीतिमा पनि केही भन्नसक्ने अवस्था नरहेको जिकिर गरे । उनले राजनीतिक स्थायित्व देशलाई चाहिएको बताए । नेपालले राजनीतिक स्थायित्व देश परिवर्तन, विकासका लागि

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् । रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले उनलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन् ।

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिने तयारी गरेका छन् । गत चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता कँडेलले भोलि (बिहीबार) विश्वासको मत लिने तयारी गरेका हुन् । नेकपा (माओवादी केन्द्र) लाई आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय दिने सहमति भएसँगै माओवादी केन्द्र प्रदेश सरकारमा सहभागी हुने भएको छ । माओवादी

गठबन्धन जुनसुकै समयमा पनी टुट्न सक्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धन जुनसुकै बेला टुट्न सक्ने संकेत गर्दै आशंका व्यक्त गरेका छन् । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले एमाले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्ता गठबन्धन सहज ढंगले अघि नबढेको भन्दै कतिन्जेल टिक्छ भन्न नसकिने बताएका हुन् । नयाँ गठबन्धनमा आफूहरुले सहज नमानीरहेको उनको भनाई थियो । ‘गठबन्धनमा हामीले सहज मानेका छैनौँ । त्यसैले कतिन्जेल टिक्छ भन्न सकिँदैन ।

लुम्बिनीमा ७ मन्त्रीले लिए शपथ

रूपन्देही । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरुलाई सपथ गराएका हुन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले गत चैत २३ गते आफू नियुक्त भएपछि दोस्रो पटक मन्त्रीपरिषद बिस्तार गरी पूर्णता दिएका हुन् । सत्ता समीकरणमा भागबण्डा मिलेपछि ११ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् । जसमा चेतनारायण आचार्यलाई अर्थमन्त्री, दिपेन्द्र पुनलाई स्वास्थ्य, भण्डारीलाल अहिरलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

लुम्बिनीमा दोस्रो पटक मन्त्रीपरिषद बिस्तार, सांझ ५ बजे शपथ

लमही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद विस्तार गरेका छन् । चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका महराले आज दोस्रोपटक मन्त्रिपरिषद विस्तार गरेका हुन् । उनले यसअघि विनाविभागीय मन्त्री बनेका तीन जनालाई विभागीय जिम्मेवारी दिएका छन् । माओवादीबाट रोल्पाका दीपेन्द्र पुनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै एमालेबाट संसदीय दलका उपनेता अर्घाखाँचीका चेतनारायण आचार्य मन्त्री छन् । आचार्यले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । जसपाबाट भण्डारीलाल अहिर मन्त्री

गण्डकीमा मन्त्रालयको संख्या बढाइयो

पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको संख्या ७ बाट बढाएर ९ वटा बनाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय थप्ने निर्णय गरेको हो । मुख्यमन्त्री नियुक्त भएको दुई दिन नवित्दै उनले मन्त्रालय बढाएका हुन् । सत्ता गठबन्धनमा रहेका दलहरुलाई भागबण्डा पुराउन मुख्यमन्त्री अधिकारीले मन्त्रालय बढाउने निर्णयमा पुगेका हुन् । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्रीसँग आन्तरिक मन्त्रालय बेग्लै बनाउने निर्णय

लुम्बिनीको मुख्यमन्त्रीमा महरा नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेसका डिल्ली बहादुर चौधरीले राजीनामा दिएपछि महराले ४८ सांसदको हस्ताक्षरसहित सरकार गठनको लागि दाबी पेस गरेका थिए । महरालाई एमालेसहितका सत्ता गठबन्धनका दल र स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।

मुख्‍यमन्त्री शर्माले दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्‍यमन्त्री राजकुमार शर्माले अन्ततः राजीनामा दिएका छन् । बुधबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । केन्द्रमा बनेको सत्ता गठबन्धनमा भएको सहमतिअनुसार उनी कर्णालीको नेतृत्व छाड्न बाध्य भएका हुन् । केन्द्रीय गठबन्धनका शीर्ष नेतृत्वहरूले कर्णाली प्रदेशको नेतृत्व एमालेलाई छाड्ने सहमति गरेका थिए । १५ वर्षदेखि फरार रहेका उनीमाथि जिल्ला अदालत चितवनमा मुद्दा छ । उनको मुद्दालाई अदालतले मुल्तवीमा राखेको थियो

सुन तस्करी प्रकरण: महरासहित ७ जनाविरुद्ध मुद्धा चलाउन सिफारिस

काठमाडौं । अवैध सुन तस्करी प्रकरण फेरि ब्युँतिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले बिहीबार गृहमन्त्रीलाई प्रतिवेदन बुझाएपछि यसअघि जोगिएका सात जनालाई मुद्दा चलाइने भएको भएको हो । ६० किलो सुन र भेप प्रकरणमा नेकपा माओवादी केन्द्र उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासहित सात जनालाई मुद्दा चलाउन आयोगले सिफारिस गरेको छ । उनीहरुको सुन तस्करीमा संलग्नता देखिएको आयोगको ठहर छ । आयोगले वाल्डो क्यासिनोको अकाउन्ट हेर्ने हङकङका