बांकेमा १३ लाख रुपैयाँसहित १४ जुवाडे पक्राउ


  • बांकेमा १३ लाख रुपैयाँसहित १४ जुवाडे पक्राउ
  • बांके/ दिपेशजंग राणा : जुवा तास खेलिरहेको अवस्थामा गएराती नगदसहित १४ जनालाई बांके प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज-४ वाइपासस्थित मौरी रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले गए राति (बुधबार राति) ११ बजेर ३० मिनेटमा १४ जनालाई पक्राउ गरेको हो । 

    मौरी होटलका संचालक विज्ञान श्रेष्ठले जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली परिचालन भएको जनाइएको छ । जुवाखालबाट नगद रु १३ लाख ६३ हजार ८ सय, खोलेको र नयां गरी १० थान तासको गड्डी फेला परेको प्रहरीले जनाएको छ ।।



  • पक्राउ पर्नेमा मौरी रेस्टुरेन्टका संचालक २८ वर्षिय नेपालगन्ज २ न्यूरोडका बिज्ञान श्रेष्ठ, नेपालगन्ज मुक्तीपुरका ३६ वर्षीय गणेश बस्नेत, नेपालगन्ज-१६ जयसपुरका ४६ वर्षीय सेताज अन्सारी, नेपालगन्ज-९ त्रिभुवनचोकका २४ वर्षीय ऋषि गुप्ता, नेपागन्ज-४ बसपार्कका ५२ वर्षीय तरूण गौतम, कोरियनपुरका ३७ वर्षीय बिनोद खड्का, बसपार्कका ४८ वर्षीय मोहम्मद सफिक बेहना, नेपालगन्ज-१८ कारकाँदोका ४७ वर्षीय संगम शाह, नेपालगन्ज-४ बसपार्कका ५० वर्षीय मधुसुधन दाहाल, बसपार्कका ४५ वर्षीय मेघराज गौतम, नेपालगन्ज-१ धम्बोजीका ४५ वर्षीय रमेश शाही, कोहलपुर नगरपालिका ११ पिपलचौताराका ३८ वर्षीय भागिरथ यादव, कोहलपुर-९ झण्डहवाका ४२ वर्षीय नन्दलाल यादब र कोहलपुर-२ लक्ष्मणपुरका ४० वर्षीय सुमन केसी रहेको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पतालीले बताए ।

    पक्राउ परेका सबै जुवाडेहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *