शिक्षा

शिक्षकको आन्दोलन फिर्ता, आजबाट विद्यार्थी भर्ना सुरु

काठमाडौं : २९ दिनदेखी चलिरहेको शिक्षकहरुको सडक आन्दोलन आजबाट फिर्ता भएको छ ।सरकारसँग ९ बुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको हो ।  बुधवार शिक्षामन्त्री रघुजी पन्तसँग शिक्षक प्रतिनिधिहरुले सहमति गरेका थिए । तीनै सहमतिका विषय मन्त्रिपरिषद्बारा पारित भएका थिए । आन्दोलनका सबै कार्यक्रम स्थगित भएपछि आज बिहीवारबाट नै विद्यार्थी भर्ना सुरु हुने भएको छ । शिक्षकहरुको माग सम्बोधन गर्ने सहमति भएपछि शिक्षकहरुको आन्दोलनको सम्पूर्ण कार्यक्रम पनि फिर्ता भएको मन्त्री पन्तले

पहिलो दिनमै अंग्रेजी विषयको प्रश्न पत्र आउट

जनकपुर : आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन नै सिरहामा अंग्रेजी विषयको प्रश्न पत्र आउट भएको छ । परीक्षा सुरु भएको केहि बेरमै प्रश्न पत्र आउट भएको हो । प्रश्न पत्र कुन परीक्षा केन्द्रबाट आउट भएको कुरा खुल्न सकेको छैन । यस बर्षको SEE परीक्षा मर्यादित बनाउन सबै परीक्षा केन्द्रहरूमा मोबाइल, स्मार्ट वाच लगायतमा प्रतिबन्ध समेत लगाएको छ ।

मंगवार स्ववियु निर्वाचन हुंदै, महेन्द्र बहुमुखी नेपालंजमा शाह भिड्दै

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका क्याम्पस/कलेजहरूमा भोली (मंगलबार चैत ५ गते) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुने भएको छ । देशभर स्ववियु निर्वाचनको सरगम चुलिंदै गइरहेको समयमा महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जमा केशर जंग शाहलाई अनेरास्ववियुले अध्यक्ष पदमा उम्मेदवार वनाएको छ ।  बिधार्थीहरुको पिरमर्कामा सदैव खटिएकै कारण अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आफ्नो बलियो उम्मेदवारका रुपमा अध्यक्ष पदमा शाहलाई उम्मेदवार बनाउँदै चुनावी प्रतिस्पर्धामा उतारेको छ। पछिल्लो

एसईईमा १८६ विद्यार्थीले ल्याए ४ जीपीए

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । जसअनुसार १८६ जनाले ४ जीपीए ल्याएका छन् भने ४७.८६ प्रतिशत विद्यार्थीले मात्र कक्षा ११ मा पढ्न पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार २०८० मा एसईई दिएकामध्ये ५२.१४ प्रतिशत विद्यार्थीहरू ननग्रेडेड भएका छन् । ननग्रेडेड भएका २ लाख ४२ हजार ९२ ले कक्षा ११ मा पढ्न नपाउने भएका छन् । त्यस्तै २२१ जनाको परीक्षा रद्द

एसईई नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विधार्थीमात्रै उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको कक्षा १० माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएका बोर्डले जनाएको छ । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने

एक साताभित्र एसईईको नतिजा प्रकाशनको तयारी

काठमाडौँ । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको हो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको बताए । ‘यहि हप्ता टुङ्ग्याउने भन्ने छ । अब रुजु गर्ने र प्रोसेसिङको काम बाँकी छ । २ दिन जति प्रोसेसिङका

दरबारमार्गबाट हुण्डीको रकमसहित दुईजना पक्राउ

काठमाडौं । काठमाडौँको दरबारमार्गबाट प्रहरीले करिब ९८ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ । स्रोत नखुलेको उक्त रकम हुन्डीको भएको खुलेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ पर्नेमा दुवै जना पुरुष रहेका छन् । प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने उपत्यका प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले बताए । उनका अनुसार ती पक्राउ पर्ने बुटवलका हुन् । दरबारमार्गको जय

सुबि एजुकेसनद्वारा जापानको भिजा प्राप्त गरेका विद्यार्थीहरुलाई विदाई

नेपालगन्ज : स्थापना भएको छोटो समयमै नेपालगन्जमा स्थापित हुन सफल कन्सल्टेन्सी हो सुबि एजुकेसन एण्ड भिजा सर्भिसेज। जून कन्सल्टेन्सीले शनिबार जापानको भिजा प्राप्त गरेका विद्यार्थीहरुलाई बिदाई गरेको छ। नेपालगन्जमा एउटा भव्य कार्यक्रमको आयोजना गर्द अप्रील इन्टेकमा जापानको भिजा प्राप्त गरेका ६१ जना विद्यार्थीहरुलाई बिदाई गरिएको हो। कार्यक्रममा भिजा प्राप्त गरेका विद्यार्थीहरुलाई अनुशासित भएर मिहिनेत गर्न सुबिका प्रबन्धक विनोज बास्तोलाले सुझाव दिएका थिए। त्यस्तै, जापान गएर के के गर्न हुने र

माधव दम्पतीले गरे विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

बांके: माधव दम्पतीले बाँकेको राप्तीसोनारी गाउँपालिका–१ बाघखोरस्थित ज्ञानपूर्णोदय प्राविका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका छन् । मंसिर २९ गते विवाह बन्धनमा बाँधिएका स्थानीय माधव रावत र कोमल खड्काले मंगलवार २० हजार बढी मूल्य बराबरको शैक्षिक सामाग्री विद्यार्थीलाई सहयोग गरेको विद्यालयका प्रधानाध्यापक भरत खड्काले जानकारी दिए । नेपाल प्रहरीमा कार्यरत माधव सोही विद्यालयका पूर्व विद्यार्थी हुन् भने कोमल पूर्व शिक्षिका हुन् । उनीहरुले विद्यार्थीहरुलाई कापि, कलम र पेन्सील सहयोग गरेको प्रधानाध्यापक

'खुल्ला नकआउट फुटबल प्रतियोगिता'को प्रायोजकमा जोडियो सुबि एजुकेसन

नेपालगन्ज : आगामी पौष ७ गतेदेखि बाँकेको खजुरामा संचालनमा हुन गईरहेको ‘खुल्ला नकआउट फुटबल प्रतियोगिता’को प्रायोजकमा सुबि एजुकेसन एण्ड भिजा सर्भिसेज जोडिएको छ। प्रतियोगिताको लागि ‘ब्यानर’ र ‘म्यान अफ द म्याच’को लागि प्रायोजन गर्ने गरि आयोजक टिम र सुबि एजुकेसनबीच सम्झौता भएको हो। नेपालगन्जको बिपि चोकस्थित सुबिको कार्यालयमा मंगलबार आयोजक टिमका पदाधिकारी र सुबिका कोर्डिनेटर तथा इन्सट्रक्टर संजय बरालबीच सम्झौता गरिएको हो। सम्झौता अनुसार प्रतियोगितामा प्रत्येक खेलका ‘म्यान अफ द