‘विद्यार्थीको विश्वासलाई सुबि एजुकेसनले लत्याउँदैन’- प्रवन्ध निर्देशक बास्तोला
नेपालगन्ज : पछिल्लो समय अध्ययनको सिलसिलामा विदेशीने विद्यार्थीहरुको संख्या निकै बाख्लो छ। दैनिकजसो सयौं विद्यार्थीहरु विदेश पलायन भइरहेका छन्। विशेषगरी अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान, यूके लगायतका देशहरुमा विद्यार्थीहरुको मोह बढ्दो छ। विदेश पढ्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै नेपालमा कन्सल्टेन्सीहरु पनि छ्यापछ्याप्ती खुलेका छन्। विद्यार्थीहरुले राम्रोसँग ख्याल नपुर्याउँदा धेरै कन्सल्टेन्सीबाट ठगिनु पनि परेको छ। अब नेपालगन्जको कुरा गर्ने हो भने पनि धेरै कन्सल्टेन्सीहरु खुलेका छन्। ति मध्ये ‘सुबी एजुकेसन एण्ड