बाढीले स्कुल भवन भत्काएपछि पठनपाठन बन्द


  • बाढीले स्कुल भवन भत्काएपछि पठनपाठन बन्द

    म्याग्दी । बाढीले भवन लगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ ।

    गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो । कागबेनीमा बाढीले २९ घर पूर्ण तथा १३ घरमा आंशिक क्षति पु¥याएको थियो ।



  • जनशान्ति माविका शिक्षक मनवीर किसानका अनुसार बाढीले विद्यालयको खेलमैदान, कक्षाकोठा र छात्राबास भवन क्षति गरेपछि गाउँपालिकासँग समन्वय गरी यही भदौ ८ गतेसम्मका लागि पठनपाठन बन्द गरिएको छ ।

    ‘भवन र खेलमैदानमा बालुवा थुप्रिएको छ । बाटो पनि हिलाम्मे छ’, उनले भने, ‘आवासीयरूपमा सञ्चालन भएको विद्यालयमा खानेपानी, विद्युत्, खाद्यान्न र आवासको व्यवस्थापन नभएसम्म पठनपाठन सञ्चालन गर्न सम्भव छैन ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *