सशस्त्रका १२ एसपीको एसएसपीमा बढुवा सिफारिस


  • सशस्त्रका १२ एसपीको एसएसपीमा बढुवा सिफारिस

    सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेको १२ पदका लागि सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा नाम सिफारिस गरेको छ । नाम सिफारिस हुनेहरु सबै सिसम २ का सशस्त्र प्रहरी निरीक्षकहरु छन् ।

    बढुवा सिफारिस भएकाहरु २०७५ साल चैत १५ गते एसपीमा बढुवा भएका अधिकृतहरू हुन् । यही ब्याचका १५ जना भने २०७७ जेठ ५ गते एसपी बढुवा भएका थिए ।



  • यसअघि सो समूहका १५ जना एसएसपी भइसकेका छन् । बाँकी १९ मध्ये बिहीबार १२ जनाको नाम सिफारिस भएको हो ।
    सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनको नेतृत्व सम्हालेदेखि वृत्ति विकासमा ध्यान दिँदै संगठनलाई नीति नियमअनुसार अघि बढाउने प्रयास गर्दै आएका छन् । सरूवा–बढुवालगायतमा पनि व्यापक परिवर्तन गर्दै पारदर्शी ढंगले काम हुन थालेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

    साउन महिनामा मात्रै एसएसपीदेखि सहायक हवल्दारसम्म ६ हजारभन्दा बढी कर्मचारीको एकैपटक बढुवा भएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *