विश्व

नैनिताल दुर्घटना : ७ नेपालीसहित १ भारतियको मृत्यू

महेन्द्रनगर । भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेलाघाटमा सवारी दुर्घटनामा परि एक भारतीय सहित ७ नेपालीको मृत्यू भएको छ । सोमबारराति भएको सडक दुर्घटनामा परी मृत्यु भएका सातमध्ये मृतक ६ जना बाँकेको बैजनाथ गाउँपालिका–८ का र अर्का एक नेपाली बर्दिया बाँसगढी नगरपालिकाका बासिन्दा भएको खुलेको छ । सवारी दुर्घटनामा परी मृत्यु हुनेमा बैजनाथ–८ का धीरज थारू, उदयराम थारू, विश्राम थारू, तिलकराम थारू, अन्तराम थारू र विनोद थारू रहेको बैजनाथ गाउँपालिका–८ का

रुसी सेनामा कार्यरत थप सात जना नेपालीको मृत्यु

काठमाडौँ । रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरेको हो ।  मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् । मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,‘रुसी सेनामा भर्ना भएका

चेकइन गरेका लकेज नबोकी उड्छन् नेपाल र हिमालयन एयरलाइन्स

दर्शन सुनार/दोहा कतार : नेपाल एयरलाइन्स र हिमालयन ध्वजाबाहक एयरलाइन्सप्रति यात्रुहरु असन्तुष्ट रहेको पाइएको छ। लकेजमा फितलो व्यवस्थापन गरेको भन्दै यात्रुहरुको गुनासो आउन थालेको छ। गन्तव्यमा आफूहरु पुगिसकेपनि घण्टौँसम्म कुर्दा समेत लकेज न आएको एक यात्रुले बताएका छन्। यात्रु गन्तव्य स्थल पुगेर घन्टौ पर्खिदा समेत लकेज नआउने र एयरलाइन्सका जिम्मेवार अधिकारीले शिष्टता तथा जिम्मेवारी पूर्वक जवाफ नदिने गरेको गुनासा बढेका छन् । गत महिनाको २९ तारिक H9563 को उडानबाट काठमाडौँ

भारतले ७५ औं गणतन्त्र दिवस मनाउँदै

काठमाडौं । भारतले आज शुक्रबा ७५ औँ गणतन्त्र स्थापना दिवस मनाउँदैछ । ‘विकसित भारत’ र ‘भारत–लोकतन्त्रको मातृका’ भन्ने नारासहित यस वर्षको गणतन्त्र दिवस धुमधामका साथ मनाउँदैछ ।  गणतन्त्र दिवसमा भारतले प्रमुख अतिथिकारुपमा फ्रान्सका राष्ट्रपति इम्यानुएल मैक्रोलाई आमन्त्रित गरेको छ । राष्ट्रपति मैक्रोको आतिथ्यतालाई ध्यानमा राखेर सरकारले दिल्लीको सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । जसकालागि १४ हजार सुरक्षाकर्मी परिचालित छन् । सन् १९५० मा यही दिन भारत गणतन्त्र घोषित भएको थियो

गाजामा संयुक्त राष्ट्रसंघका १३६ कर्मचारी मारिए

इजरायल र हमासबीच जारी द्वन्द्वमा पछिल्लो ७५ दिनमा संयुक्त राष्ट्रसंघका १३६ जना कर्मचारीको ज्यान गएको छ । साथै थुप्रै कर्मचारीहरूले काम छोड्न वाध्य भएको पनि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बताका छन् । गुटेरेसले विश्व संगठनको लामो इतिहासमा यसका कर्मचारीको यति ठूलो हताहतको संख्या अहिलेसम्म कहिल्यै नभएको बताएका हुन् । गाजामा हाम्रा १३६ जना सहकर्मीहरू ७५ दिनमा मारिएका छन् ( जुन हामीले संयुक्त राष्ट्रसंघको इतिहासमा कहिल्यै देखेका थिएनौं । हाम्रा अधिकांश

हालसम्म रुसी सेनामा आबद्ध ६ नेपालीको मुत्यु

काठमाडौं । परराष्ट्र मन्त्रालयले रुसी सेनामा आबद्ध ६ जना नेपालीको मुत्यु भएको पुष्टि गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, मेलुङ गाँउपालिका–६, दोलखाका राजकुमार कार्की, बाणगंगा–१, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई र गोरखाका सन्दीप थपलिया रहेका छन् । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै रुस–युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन रुस सरकारसँग अनुरोध गरेको जनाएको छ ।

सुरुङमा फसेका कामदारको १७ दिनपछि उद्धार

भारत । भारतको उत्तराखण्डमा निर्माणाधिन सुरुङमा फसेका ४१ कामदारको १७ दिनपछि सकुशल उद्धार भएको छ । उत्तरकाशीमा भत्किएको सिल्कियारा सुरुङमा १७ दिनदेखि फसेका ४१ कामदारलाई मंगलबार सकुशल उद्धार गरिएको हो । उनीहरुलाई उद्धार पश्चात अस्पताल भर्ना गरी स्वास्थ्य जाँचसमेत गरिएको छ । दुई हप्ताभन्दा बढीको लगातारको प्रयासपछि उनीहरूलाई बाहिर निकालिएको हो । सुरुङ बनाउने विशेषज्ञहरूले कामदारको उद्धारका लागि सोमबारदेखि म्यानुअल ड्रिलिङ सुरु गरेका थिए । म्यानुअल तेर्सो ड्रिलिङ गरेर उद्धारका

युक्रेन–रुस युद्ध: रुसी सेनामा भर्ती भएका ४ नेपालीको मृत्यु

काठमाडौँ । रुसी सेनामा भर्ती भएका ४ जना नेपालीको भिडन्तमा मृत्यु भएको छ ।  युक्रेन–रुस युद्धमा परी उनीहरुको मृत्यु भएको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ ।  दूतावासका अनुसार मृत्यु हुनेहरूमा इलामका गंगाराज मोक्तान, गोरखाका सन्दीप थपलिया, स्याङ्जाका प्रितम कार्की र  दोलखाका राजकुमार रोक्का रहेका छन् । तीमध्ये तीन जनाको हालैको भिडन्तमा मृत्यु भएको हो ।  यस्तै थपलियाको ११ महिनाअघि नै मृत्यु भएको थियो । दूतावासले मृतक तीन जनाको परिवारसँग सम्पर्क गर्न

भारतमा भएको सडक दुर्घटनामा परी सुर्खेतका एकै परिवारका पाँच जनाको मृत्यु

सुर्खेत । भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको एकै परिवारका ५ जनाको मृत्यु भएको छ । शुक्रबार भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुकामा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँचजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सर्खेतको चौकुने गाउँपालिकाका–७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरु ५ वर्षका मिलन र डेढ वर्षका धड्कन नेवार र उनीहरुका भाइबुहारी सुस्मिता नेवार रहेको बताइएको छ । उनीहरू

भारत रेल दुर्घटना: १३ को मृत्यु,५० जनाभन्दा बढी घाइते

काठमाडौँ । भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेशको विजयनगरमा आइतबार राति विशाखापट्टनम–पालासा यात्रुवाहक रेल र विशाखामट्टनम–रायगढा यात्रुवाहक रेल आपसमा ठोक्किएर दुर्घटना भएको हो । रेलमन्त्री अश्विनी वैष्णवका अनुसार उद्धार कार्य जारी छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको उनले बताए । दुवै रेल एउटै लिकमा हिँडेका कारण दुर्घटना भएको बताइएको