हलिउड/बलिउड

सलमान खान बस्ने घरमा गोली चल्यो

काठमाडौँ । बलिवुड अभिनेता सलमान खान बस्ने घरको बाहिर आइतबार गोली चलेको छ । मुम्बईको बान्द्रास्थित गैलेक्सी अपार्टमेन्ट अगाडी गोली प्रहार भएको थियो । ग्यालेक्सी अपार्टमेन्ट अगाडि दुई मोटरसाइकल सवारले ४ राउण्ड फायर गरेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । गोली चलेपछि घरको सुरक्षा बढाइएको बताइएको छ । गोली चल्दा सलमान आफ्नै घरमा थिए । सलमानलाई लरेन्स बिश्नोई–गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो । घटनाको खबर पाएलगत्तै मुम्बई

बलिउड फिल्म ‘सालार’ मा मेनुकालाई पार्श्व गायनको अवसर

भारतको गायन रियालिटी शो ‘इन्डियन आइडल’मा आफ्नो उत्कृष्ट प्रस्तुतीले चर्चामा रहेकी नेपालकी मेनुका पौडेलले भारतको ठूलो फिल्म ‘सलार’मा पार्श्व गायनको अवसर पाएकी छिन्। आइतबार राति सोनी टेलिभिजनमा प्रशारित शोमा मेनुका स्वयंले आफूले ‘सलार’मा गीत गाउने अवसर पाएको खुसी साटेकी हुन् । फिल्ममा उनले संगीतकार रवि बसरुरको संगीतमा स्वर भर्नेछिन्। भारतीय फिल्म ‘सलार’ मा पार्श्व गायनको अवसर पाएपछि मेनुकाले भनेकी छन्‘यो मेरो पहिलो टर्निङ प्वाइन्ट हो।  जहाँ म पहिलो प्लेब्याक गायनका

दुई दिनमै ‘एनिमल’ले कमायो २३६ करोड

काठमाण्डौं: शुक्रबारबाट रिलिज भएको बलिउड फिल्म ‘एनिमल’ले दुई दिनको अवधिमा २३६ करोड भारतीय रुपैयाँ कमाएको छ ।उक्त चलचित्रले विश्वभरबाट शुक्रबार र शनिबारको अवधिमा २३६ करोड कमाएको हो । सन्दिप रेड्डी भांगाले निर्देशन गरेको फिल्ममा रणवीर कपुर, रश्मीका मन्दाना, बबी देवल ,अनिल कपुर , सन्दिप रेड्डी, शक्तृती कपुर तृप्ती डिमरी र परिणिती चोपडा लगायत चर्चित कलाकारको अभिनय रहेको छ । रिलिज भएको पहिलो दिन शुक्रबार ११६ करोड कमाएको ‘एनिमल’ले दोस्रो दिन

बक्स अफिसमा ‘गदर २’को तीन दिनमै सय करोड नाघ्यो

काठमाण्डौं : सनी देओल र अमीषा पटेल स्टारर बलिउड फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा तहल्का पिटेको छ । पहिलो दिनदेखी नै सबै हलहरुमा हाउसफुलको बोर्ड लगाएर आक्रमक व्यापार गरिरहेको छ । भारतीय बक्स अफिस रिपोर्टमा काम गर्ने sacnilk साइटको रिपोर्ट अनुसार फिल्मले ओपनिङमा भारु ४० करोड १० लाख, दोस्रो दिन ४३ करोड ८ लाख र तेस्रो दिन ५१ करोड ७० लाखको व्यापार गर्दै ‘गदर २’ले तीन दिनमा १

‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म हिन्दी फिल्म चल्न नदिने बालेनको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका छन् । बिहीवार साँझ सामाजिक सञ्जाल फेसबूकमा लेख्दै मेयर शाहले ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म हिन्दी फिल्म चल्न नदिने जनाएका छन् । उनले लेखेका छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन, तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।

भारतीय कलाकार सतीश कौशिकको निधन

निर्देशक तथा कलाकार सतीश कौशिकको निधन भएको छ । उनको बिहिबार बिहान साढे १ बजे अस्पतालमा निधन भएको भारतीय  मिडियाले उल्लेख गरेका छन् । उनको निधन हृदयघातका कारण भएको हो । दिल्लीको एक पारिवारिक कार्यक्रममा सहभागी हुन पुगेका सतीशको राती स्वास्थ्य अवस्था बिग्रिएको थियो ।  अस्पताल पुर्याए लगतै उनलाई डाक्टरले मृत घोषित गरेका थिए । उनको शवलाई दिल्लीको दीनदयाल अस्पतालमा राखिएको छ । ६६ सालको उमेरमा बलिउडका चर्चित कलाकार सतीशको निधन

शाहरुख अभिनित पठानले गर्‍यो १०२६ करोड संकलन

बलिउडका सुपरस्टार शाहरुख खानको फिल्म ‘पठान’ले अहिले बक्स अफिसमा एकभन्दा बढी रेकर्ड तोड्न व्यस्त छ । यस फिल्ममार्फत शाहरुखले करिब चार वर्षपछि पुनरागमन गरेका छन् । शाहरुखको पठानलाई फ्यानहरुले निकै मन पराएका छन् । शाहरुख अभिनित पठानले १०२६ करोड संकलन गरेको छ । गत जनवरी २५ मा रिलजि भएको पठानले हिन्दी फिल्मको इतिहासमा सबैभन्दा बढी रकम संकलन गरेर किर्तिमान कायम गरेको छ । यसअघि दक्षिण भारतीय फिल्म बाहुबली–२ र केएफजी–२ ले बनाएको

'आरआरआर’को ‘नाटु नाटु’ ओस्कर अवार्डको मनोनयनमा पर्यो

काठमाडौं । भारतीय फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ बोलको गीत ९५ औं संस्करणको ओस्कार अवार्डमा मानोनित भएको छ। ‘नाटु नाटु’ बोलको तेलुगु गीतमा एम एम कीराभानीको संगीत, चन्द्रबोसको शब्द र राहुल सिप्लीजंग र कला भैरभाको स्वर छ।

प्रचण्ड र बलिउड अभिनेता विवेक ओबरायबीच भेट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबरायबीच भेट भएको छ । प्रचण्डलाई भेट्न अभिनेता ओबराय तथा टेलिभिजन पर्सनालिटी सुरेश ओबरायसँगै बिहीबार खुमलटार पुगेका हुन् । प्रचण्डसँगको भेटमा ओबरायले ढाकाटोपी लगाएका थिए । प्रचण्ड सचिवालयका अनुसार भेटमा फिल्म र सांस्कृतिक विषयवस्तुमा कुराकानी भएको थियो । सुरेश ओबरायका फिल्म आफूले हेर्ने गरेको प्रचण्डले बताएका थिए । सुरेशले आफूले प्रचण्डलाई मुलुकमा परिवर्तन ल्याउने

ऋतिक र सबाले मनाए दिपावली

काठमाण्डौं । भारतीय अभिनेता ऋतिक रोशनको यो दिवाली निकै विशेष रह्यो । यस वर्ष अभिनेताले आफ्नी प्रेमिका सबा आजादसँग दिपावली मनाए। अक्टोबर २४ मा साबाले आफ्नो सामाजिक सञ्जालमा धेरै तस्बीर शेयर गरेकी छिन्, जसमा अभिनेत्री ऋतिकको घरमा दिवाली मनाउँदै गरेको देखिन्छ । तस्बीरमा यो जोडी सेतो रंगको जातीय पोशाकमा देखिएका छन् । दुवैको तस्बीर सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । साबाले ऋतिकसँगको निकै प्यारो सेल्फी पोस्ट गरेकी छिन्, जसमा