ऋतिक र सबाले मनाए दिपावली


  • ऋतिक र सबाले मनाए दिपावली

    काठमाण्डौं । भारतीय अभिनेता ऋतिक रोशनको यो दिवाली निकै विशेष रह्यो । यस वर्ष अभिनेताले आफ्नी प्रेमिका सबा आजादसँग दिपावली मनाए।

    अक्टोबर २४ मा साबाले आफ्नो सामाजिक सञ्जालमा धेरै तस्बीर शेयर गरेकी छिन्, जसमा अभिनेत्री ऋतिकको घरमा दिवाली मनाउँदै गरेको देखिन्छ ।

    तस्बीरमा यो जोडी सेतो रंगको जातीय पोशाकमा देखिएका छन् । दुवैको तस्बीर सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् ।

    साबाले ऋतिकसँगको निकै प्यारो सेल्फी पोस्ट गरेकी छिन्, जसमा दुवै सेतो पोशाकमा मुस्कुराउँदै देखिएका छन् । यस बाहेक सबाको तस्बीरमा ऋतिककी भतीजी सुरनिका सोनी पनि देखिएकी छिन् ।



  • फोटोमार्फत साबाले सबैलाई दीपावलीको शुभकामना दिएकी छिन् । साबाले ऋतिकको घरमा लगाइएको डायसको फोटो पनि सेयर गरेकी छिन् ।

    ऋतिकले सन् २००० मा इन्टेरियर डिजाइनर सुजैन खानसँग विवाह गरेका थिए । उनीहरू सन् २०१४ मा छुट्टिए पनि दुवैले आफ्ना सन्तान सँगै हुर्काउँदै आएका छन् ।

    ऋतिक सबको साथ आफ्नो जीवनमा अघि बढेका छन्, भने सुजैन अर्सलान गोनीलाई पनि डेट गरिरहेकी छिन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *