नेपालगन्ज नाइट रन एम्समा आवद्ध
नेपालगन्ज : नेपालमा हुने एकमात्र रात्री दौड नेपालगन्ज १०के नाइट रन वर्ल्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)मा विधिवत आवद्ध भएको छ । संविधान दिवसका अवसरमा हरेक वर्ष असोज ३ गते राति नेपालगन्जस्थित सुर्खेतरोडमा हुने १० किलोमिटर दौड गत बर्षदेखि सुरु भएको हो । यो आवद्धतासँगै एम्सबाट प्रमाणित दुईवटा इभेन्ट हुने नेपालगन्ज नेपालमै पहिलो सहर बनेको छ । यसअघि धारा नेपालगन्ज म्याराथन नेपालकै पहिलो पुर्णकालीन सदस्य