राष्ट्रपतिसँग एम्स अध्यक्ष पाकोको भेट, नेपालमा बोर्ड बैठक राखेकोमा दिए धन्यवाद


  • राष्ट्रपतिसँग एम्स अध्यक्ष पाकोको भेट, नेपालमा बोर्ड बैठक राखेकोमा दिए धन्यवाद
  • काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणमा रहेका विश्व म्याराथनको साझा संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन डिस्टेन्स रेस (एम्स)का अध्यक्ष पाको बोराओलाई एम्सको बोर्ड बैठक नेपालमा राखेकोमा धन्यवाद दिएका छन् । 

    राष्ट्रपति पौडेलले नेपाल खेलकुद् र पर्यटनको उर्वर भूमि रहेको बताएका छन् । नेपालमा सगरमाथाको काखमा साहसिक अल्ट्रा म्याराथनदेखि समथल स्थलमा नेपालगञ्ज म्याराथनजस्ता लामो दूरीका दौडहरू सफलतापूर्वक भइरहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले एम्स प्रतिनिधिसँग प्रोत्साहनका लागि आग्रह गरेका छन् । ‘भौगोलिक विविधता सुहाउँदा दौडले पक्कै पनि खेल पर्यटनमा नयाँ सम्भावनाको ढोका खोल्नसक्छ भन्ने मेरो विश्वास छ । यसमा एम्सजस्ता अन्र्तराष्ट्रिय छाता संगठनहरूले प्रोत्साहन गरुन् भन्ने अपेक्षा छ’ उनले भने । 



  • राष्ट्रपति पौडेलले विश्व शान्ति, भाइचारा र सद्भावका लागि खेलको महत्व रहेको उल्लेख गर्दै दौड संस्कृतिले स्वास्थ्य, स्वस्थ प्रतिस्पर्धा र समुन्नत समाजको निर्माणमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । नेपालमा पनि खेलकुदको विकासका लागि सरकारले बर्षेनी लगानी बढाइरहेको र निजी क्षेत्रबाट पनि आकर्षण बढ्दै गएको बताएका छन् । 

    गत २१ र २२ जेठमा एम्सको बोर्ड बैठक पहिलोपटक नेपालमा राखिएको थियो । साथै, २३ जेठमा नेपाल अन्र्तराष्ट्रिय रनिङ कन्फ्रेन्स र शनिबार नेपाल हेरिटेज रन काठमाडौँ २५ के रेस आयोजना गरिएको थियो । राष्ट्रपति पौडेलले सो अवसरमा नेपाल हेरिटेज रन काठमाडौँ २५ के रेस महिलातर्फकी उपाधि विजेता सन्तोषी श्रेष्ठलाई बधाईसमेत दिए । नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले नेपाल अन्र्तराष्ट्रिय रनिङ कन्फ्रेन्सका निष्कर्षहरु र नेपाल हेरिटेज रेस काठमाडौँ २५ के रेसबारे जानकारी गराएका थिए । 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *