काठमाडौं । बस र ईभी माइक्रोबस ठोक्किँएर भएको दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरूको सनाखत भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवामा भएको दुर्घटनामा सात जनाको ज्यान जानुका साथै २४ जना घाइते भएकोमा सबैको सनाखत भएको हो।

धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१– ००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ –००१ज २९९ नम्बरको ईभी गाडी ठक्कर खाँदा दुर्घटना भएको थियो। घाइतेहरूको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।