हायातमा नोरासंगै दुर्गेश,तेरिया लगायतले नचाए हजारौं दर्शक
काठमाण्डौं : शनिबार बौद्धस्थित पाँचतारे हयात होटलको ग्राउण्डमा भारतीय अभिनेत्री तथा नृत्यांगना नोरा फतेहीले नेपाली कलाकारहरुसँगै प्रस्तुति दिएकी छन् । नोरासँगै नेपाली कलाकारहरु दुर्गेश थापा, तेरिया फौजा मगर, समर्पण लामा लगायतले प्रस्तुति दिएका थिए । प्रस्तुतीका लागी शनिवार नै काठमाडौं आएकी उनले नेपालमा आएर प्रस्तुति दिन पाउँदा उत्साहित भएको बताउदै भनिन, ‘म नेपालीलाई भेट्न धेरै पहिलेदेखी नै उत्साहित थिए जुन पुरा भएको छ । नेपाल मेरो पहिलो भ्रमण हो ।