काठमाण्डौं : षट्कोण आर्ट्सको ब्यानरमा निर्माणमा हुने फिल्म ‘लालीबजार’मा नायिकाद्धय केकी अधिकारी र स्वस्तिमा खड्का फाइनल भएको वुझिएको छ । निर्माणपक्षले हालसम्म फिल्मका कलाकारहरू सार्वजनिक गरेको छैन ।
लामो समयदेखी केकी र स्वस्तिमाको क्रेज नेपाली फिल्म बजारमा राम्रो छ ।

फिल्मको छायांकन दशैं लगतै सुरु गर्ने निर्माणपक्षले जनाएको छ । यम थापाले निर्देशन गर्ने फिल्मलाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेश खत्रीले निर्माण गर्ने भएका छन । फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् ।