फिल्मी समाचार

निकिता पौडेलले दिइन सञ्चारमाध्यमविरूद्ध मुद्दा,पाँच करोड क्षतिपूर्ति दाबी

काठमाडौं । गृहमन्त्री रवि लामिछानेका पत्नी निकिता पौडेलले विभिन्न सञ्चारमाध्यमविरूद्ध मुद्दा दायर गरेका छन् । पौडेलले विभिन्न मिडियाका प्रकाशक र सम्पादकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । पौडेलले मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ (१) बमोजिम तीन वर्ष कैद, तीस हजार जरिवाना र सोही संहिताको दफा ३०७ (२) बमोजिम प्रतिव्यक्ति ५ करोड क्षतिपूर्तिको मागदाबी लिएर लिखित गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् । काठमाडौँ जिल्ला अदालतका सूचना

सफलताको उडान भर्दै ‘महाजात्रा’

काठमाण्डौं : व्यावसायिक रुपमा सफल ‘जात्रा’, ‘जात्रैजात्रा’ जस्ता चलचित्र बनाएर आफुलाइ अब्वल सावित गरेका निर्देशक प्रदीप भट्टराईको ‘महाजात्रा’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ।  निर्देशक भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र प्रदर्शनको पहिलो दिन नेपाल र अष्ट्रेलिया स्थित सिड्नीमा समेत दर्शकको उत्कृष्ट साथ पाएको निर्माण पक्षले जनाएको छ । प्रदर्शनको पहिलो दिन नै नेपालका सम्पुर्ण शोहरु हाउसफुल भएसंगै चलचित्रले व्यावसायिक रुपमा सफल उडानको यात्रा शुरु गरेको छ। वर्तमान राजनीतिकर्मीले सत्ता र

‘केटी हराएको सूचना’मा नाजिर र सृष्टिको जोडी

काठमाण्डौं । दीपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको चलचित्र ‘केटी हराएको सूचना’को छायांकन सुरु भएको छ । चलचित्रको शुभमुहर्त गरेसंगै सुरु गरिएको चलचित्रको छायांकन मंगलबारदेखि धनुषामा गरिने निर्माणपक्षले जनाएको छ । नाजिर हुसेन र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको यो चलचित्रको काठमाडौँमा तीन दिन छायांकन पश्चात जनकपुरका विभिन्न क्षेत्रमा छायांकन गरिने निर्माणपक्षले जनाएको छ। अम्बर महर्जनको छायांकन नकिम उद्दिमको लगानी रहेको चलचित्रलाइ ट्राइसिटि पिक्चर्स प्रोडक्सन कम्पनीले निर्माण गर्ने भएको हो

देशभर एकैसाथ ‘रङ्गेली, उपहार र काँडेतार’ प्रदर्शनमा

काठमाण्डौं : देशभर एकसाथ आज शुक्रबारबाट तीन नेपाली चलचित्रहरु प्रदर्शनमा आएका छन। अर्जुन सुवेदीद्वारा निर्देशित चलचित्र ‘रङ्गेली’, ज्ञानेन्द्र देउजाद्वार निर्देशित चलचित्र ‘उपहार’ र नवल खड्काको निर्माण, निर्देशन रहेको चलचित्र ‘काडेतार’ एकसाथ प्रदर्शनमा आएका हुन । ‘रङ्गेली’ – अर्जुन सुवेदीको डेब्यू निर्देशनमा तयार भएको चलचित्र ‘रङ्गेली’मा ग्याङस्टारबिच हुने लडाइको कथालाई उठान गरिएको छ । सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत, सुशन प्रजापतिको छायांकन छ, जितेन्द्र खतिवडा र अनुज जंग थापा कार्यकारी

विराजको ‘१२ गाउँ’ बाट डेब्यु गर्दै न्यान्सी खड्का

काठमाण्डौं : अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहने चलचित्र ‘१२ गाउँ’ बाट पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले डेब्यु गर्ने भएकी छिन्। अभिनेता विराजसँग बुधबार न्यान्सीको लिखित सम्झौता भएसंगै उनी मुख्य भुमिकामा देखिने भएकी छिन । आगामी चैत १५ गतेदेखि छायांकन सुरु हुने यो चलचित्रमा न्यान्सी खड्कासंगै विराजका छोरा समीर भट्टले पनि अभिनयमा डेब्यु गर्दैछन् । चलचित्रको सम्पूर्ण छायांकन नेपाल र भारतमा गरिने अभिनेता भट्टले जानकारी दिए। दोस्रो चलचित्र निर्माण

स्वदेशसंगै विदेशमा एकसाथ रिलिज हुँदै ‘महाजात्रा’

काठमाण्डौं : प्रदीप भट्टराई निर्देशित चलचित्र ‘महाजात्रा’ आगामी चैत्र ९ गतेबाट नेपाल सहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने भएको छ। एमएसएम इन्टरटेनमेन्टले रिलिज गर्न लागेको यो चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनको लागी विभिन्न स्थानीय वितरकलाई नै जिम्मा दिइएको छ । चलचित्रले पैसाको व्यवस्थापन गर्दा आइपर्ने समस्याको कथा साथै जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपले प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ ।

‘घरज्वाइँ’को छायाङ्कनका लागी दयाहाङ र मिरुना तकसेरामा

रुकुमकोट: चलचित्र ‘घरज्वाइँ’को छायाङ्कन रुकुम पूर्वको पर्यटकिय गाऊ तकसेरामा भैरहेको छ । शनिबारबाट रुकुम पूर्वको भूमे गाउँपालिका स्थित लुकुमबाट छायांकनको सुरुवात गरिएको चलचित्र ‘घरज्वाइँ’ को अधिकांश छायांकन रुकुमपुर्वका बिभिन्न ठाउँमा गरिने भएको छ । छांयाकनको क्रममा पुगेको चलचित्रको टिमलाई गाउँपालिकाले स्थानीय परम्परा अनुसार स्वागत गरेको थियो । एक महिनाको सुटिङ निर्माण तालिका बनाएर सुटिङ सुरु गरिएको चलचित्रलाई तकसेराका अनिल बुढाले निर्देशन गरेका छन । जीएम मुभी प्रोडक्सनको व्यानरमा निर्माण भइरहेको चलचित्रमा

आजबाट दयाहाङ अभिनित दुई सिनेमा 'हात्तीछाप' र 'दयारानी' हलमा

काठमाडौं : आज शुक्रवारबाट देशभर अभिनेता दयाहाङ राईका दुई सिनेमा प्रदर्शनमा आएका छन् । पाँच बर्ष अघि निर्माण भएको सिनेमा ‘दयारानी’ र हालै बनेको सिनेमा ‘हात्तीछाप’ आजबाट देशभर प्रदर्शनमा आएका हुन् । दुई भिन्न कथामा बनेका दुई सिनेमाका आफ्नै आफ्नै प्रकारका दर्शक भएको कारण दुबै सिनेमा सफल हुने अपेक्षा गरिएको छ । सिमोस सुनुवारको निर्देशन तथा किरण नेपालीको प्रस्तुति रहेको ‘हात्तीछाप’ मा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह, बेनिशा हमाल,

‘दुःखी आत्मा’मा दया र आँचल मुख्य भुमिकामा

काठमाण्डौं । चलचित्र ‘नाङ्गो गाउँ’ को सफलतापछि निर्माता हिमाल कडरियाले नयाँ चलचित्र ‘दुःखी आत्मा’ निर्माण गर्ने भएका छन । चलचित्रमा दीपेन्द्र लामाले निर्देशन गर्ने भएका छन । यो चलचित्रमा नायक दयाहाङ राई संगै नायिका आँचल शर्मालाई निर्माण टिमले फाइनल गरेको निर्माता कडरियाले बताए । चलचित्रको स्क्रिप्टले आँचललाई नै डिमाण्ड गरेकाले उनलाई अनुवन्धित गरिएको र चलचित्रका लागि अन्य कलाकार र प्राविधिक समेत फाइनल चरणमा रहेको निर्माता कडरियाले बताए । चैत्र महिनाबाट

एमाले अध्यक्ष ओली फिल्म खेल्दै, प्रधानमन्त्रीको भुमिकामा देखिने

काठमाडौं । एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटेर चलचित्र निर्माण हुने भएको छ । उक्त चलचित्रमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ‘प्रधानमन्त्री’ बन्ने भएका छन् । उनी रियलमा नभएर ‘रिल’मा प्रधानमन्त्रीको भूमिकामा देखिने भएका हुन् । आज आइतबार नेपाली फिल्म ‘नमेटिने घाउ’को निर्माणको घोषणा गरिएसंगै फिल्ममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली ‘प्रधानमन्त्री’को भूमिकामा देखिने निर्माणपक्षले जनाएको छ । फिल्मको निर्माण घोषणा ओलीकै प्रमुख आतिथ्यमा भएको