Uncategorized

बेपत्ता यात्रुको शव नारायणीमा भेटियो

चितवन । जिल्लाको भरतपुर महानगरपालिका-२८ स्थित नारायणी नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले उक्त शव बेपत्ता गणपति डिलक्सका यात्रुको रहेको पुष्टि भएको जानकारी दिए । नदी किनारमा घोप्टो परेको अवस्थामा आज बिहान शव भेटिएको थियो । शवको साथमा केही कागजात पनि भेटिएकाले प्राप्त कागजातको आधारमा शव भारतीय नागरिक ऋषिपल साहको रहेको

उनी र म

ढलक्क ढल्कँदै बस उकालो लाग्दै छ । म अहिले एक्लो छु, तर उनको सम्झना गरिरहेको छु – त्यो दिनको । त्यो दिन उनी यही उकालोमा थिइन् । म छेउमा छु । उनी झ्यालको छेउ छिन् । हामी दुवै एकार्काको छेउमा छौँ । बस पहाडको छेउ उकालो लाग्दै छ । उस्तै मेरो मन पनि कुनै आनन्दमा उकालो लाग्दै छ । उनी छेउ भएको आनन्द । बसको गीतको आनन्द– रातैभरि निन्द्रा छैन आँखा झिमिझिमीयसो आँखा जोड्यो भने सपनीमा तिमीबस्यौ अलक्यैयता जोवन ढल्क्यो ढलक्कै । आज धेरै

बाँके प्रहरीको सफलता,एक महिनामा १ करोड बढीको सामान बरामद

बाँके । ईच्छा शक्ति र ईमान्दारिता भयो भने केही पनी असम्भव छैन भन्ने कुरा केही महिनाअघी मात्र जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यालय प्रमुखको रुपमा सरुवा भई आएका प्रहरी उपरिक्षक तुल बहादुर कार्कीले प्रमाणित गरिदिएका छन । जिल्ला प्रहरी कार्यालय बाँकेका तत्कालिन कार्यालय प्रमुखले गर्न नसकेको काम बर्तमान एसपीले दुई महिना नपुग्दै गरिदिएका छन ।चोरी,डकैती,अपराध नियन्त्रण र खबर संकलनकालागी खटिएका प्रहरीहरुको गोपनियता र इमान्दारीताका कारण एसपी कार्कीले बाँकेको कमाण्ड सम्हाले लगत्तै

आफ्नै किर्तिमान तोड्दै ३०औँ पटक कामीरिता सगरमाथाको चुचुरोमा

काठमाडौं । सगरमाथा आरोहण गरी पटक पटक कीर्तिमान कायम गरेका कामीरिता शेर्पाले पुन (३० औँ पटक) सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उनी आज (बुधवार)बिहान ७ बजेर ४९ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका हुन् । ‘कामीरिता शेर्पाले सगरमाथा शिखरमा ३०औँ पटक पाइला टेकेर नयाँ कीतिर्मान कायम गर्नुभएको छ’, सगरमाथा आधारशिविरबाट कार्यालय गौतमले भने । वसन्त ऋतुको जारी आरोहणमा

प्रवास नेपाली सम्पर्क विभाग कतारले मनायो स्थापना दिवस

दर्शन सुनार/कतार : प्रवास नेपाली सम्पर्क विभाग कतारले प्रथम स्थापना दिवस भब्य रुपमा सम्पन्न गरेको छ । प्रवासी नेपाली सम्पर्क विभाग स्थापना भएको एक वर्ष पुगेको अवसर पारेर एक कार्यक्रमको आयोजना गर्दै ग्रान्ड मलमा अवस्थित  लालीगुराँस नेपाली रेष्टुरेन्टको सभाहलमा भब्यताका साथ सम्पन्न गरेको हो । प्रवासी नेपाली सम्पर्क बिभागका उप-सभापति  नियम भुजेलको सभापतित्व तथा राष्ट्रिय स्वतन्त्र पाटीका उपसभापति तथा नेपाल सरकारका श्रम तथा रोजगार मन्त्री डिप अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिने तयारी गरेका छन् । गत चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता कँडेलले भोलि (बिहीबार) विश्वासको मत लिने तयारी गरेका हुन् । नेकपा (माओवादी केन्द्र) लाई आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय दिने सहमति भएसँगै माओवादी केन्द्र प्रदेश सरकारमा सहभागी हुने भएको छ । माओवादी

शंकास्पद विलबिजक भएको लत्ताकपडासहित ट्रक नियन्त्रणमा

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–२५ बहुअरीबाट सशस्त्र प्रहरीले शंकास्पद विलबिजक भएको रु ७० लाख बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना८ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ताकपडाको विलबिजक शङ्कास्पद देखिएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रकसहित नियन्त्रणमा लिएको हो । लत्ताकपडाको ७० लाख र ट्रकको अन्दाजी मूल्य रु ४० लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी

राष्ट्रियसभा सदस्यमा  राष्ट्रपतिबाट जनमोर्चाकी दुर्गा पौडेल मनोनीत

काठमाडौं । सत्ता गठबन्धन दलबिच राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भागबन्डा मिलेको छ । भागबन्डा मिलेसँगै राष्ट्रिय जनमोर्चाको भागमा मनोनीत सदस्य परेको छ ।  राष्ट्रपतिबाट मनोनीत एकसहित राष्ट्रियसभा २० सदस्यको पदावधि फागुन २० मा सकिँदै छ । १९ सिटका लागि गठबन्धनले सहमति जुटाइसकेको छ । बाँकी रहेको राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्य पनि भागबन्डा भएको छ । जुन भाग जनमोर्चालाई परेको हो । राष्ट्रपतिबाट मनोनीत सिटमा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललाई

इन्टरपोलको महासभामा सहभागी हुन आइजीपी कुँवर अष्ट्रिया प्रस्थान

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर आज (आइतबार) बिहान अष्ट्रियातर्फ प्रस्थान गरेका छन्। इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन उनीलगायतको टोली त्यसतर्फ प्रस्थान गरेका हुन् । उक्त महासभा इन्टरपोल महासचिवालयको आयोजनामा अष्ट्रियाको भियनामा मंसिर १२ देखि १५ गतेसम्म सञ्चालन हुनेछ ।नेशनल सेन्ट्रल ब्युरो नेपालका प्रमुख समेत रहेका कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा र प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली समेत गएका छन्। इन्टरपोलको