प्रवास नेपाली सम्पर्क विभाग कतारले मनायो स्थापना दिवस


  • प्रवास नेपाली सम्पर्क विभाग कतारले मनायो स्थापना दिवस

    दर्शन सुनार/कतार : प्रवास नेपाली सम्पर्क विभाग कतारले प्रथम स्थापना दिवस भब्य रुपमा सम्पन्न गरेको छ । प्रवासी नेपाली सम्पर्क विभाग स्थापना भएको एक वर्ष पुगेको अवसर पारेर एक कार्यक्रमको आयोजना गर्दै ग्रान्ड मलमा अवस्थित  लालीगुराँस नेपाली रेष्टुरेन्टको सभाहलमा भब्यताका साथ सम्पन्न गरेको हो ।

    प्रवासी नेपाली सम्पर्क बिभागका उप-सभापति  नियम भुजेलको सभापतित्व तथा राष्ट्रिय स्वतन्त्र पाटीका उपसभापति तथा नेपाल सरकारका श्रम तथा रोजगार मन्त्री डिप अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रबास बिभागका सचिब पदम राज पन्थीको बिशिष्ट आतिथ्यता रहेको थियो ।



  • उक्त कार्यक्रममा जुम मार्फत प्रमुख अतिथि  उपसभापति तथा श्रम मन्त्री अर्यालले प्रथम स्थापना दिवसको शुभकामना व्यक्त गरेका थिए । नेपाल सरकारका श्रम तथा रोजगार मन्त्री भएको हुँदा कतार बासी  श्रमजिवीहरुले केहि पश्र समेत गरेका थिए । करिब एक घन्टा लामो अन्तरक्रिया  चलेको थियो। मन्त्री अर्यालले आफुले श्रमिकको हक हितका लागी सदैब सवेंदनशिल भयर काम गर्ने प्रतिबद्धता जाहेर गरे ।

    कार्यक्रममा प्रवास सम्पर्क बिभागको मातहतमा रहेका एरिया तथा समितिका पदाधिकारी लगायत रोजगारीको शिलशिलामा कतारमा  कार्यरत घण्टी प्रेमि नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो । सोही कार्यक्रममा दोहा शाखा समिति र सनैया शाखा समितिका नवगठित पदाधिकारीहरुलाइ पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रमका सभापति नियम भुजेलले गराएका थिए ।

    महामन्त्री बिजय राज अधिकारी र प्रवक्ता गोपाल न्यौपानेले मिलेर सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापती भुजेलले आफ्नो मन्तव्य बोल्दै छोटो समयमा आयोजना गरेको प्रथम स्थापना दिवसलाई मनै देखि  सहयोग सहितको बाक्लो उपस्थितिले थप जिम्मेवार र हौसला प्रदान गरेको  र आगामी दिनहरुमा पनि यस्तै दरिलो सहभागिता  सहितको साथ समर्थन मिलिरहनेछ भन्ने पुर्ण आशाबादी रहेको बताउदै प्रथम स्थापना दिवसको शुभकामना समेत ब्यक्त गरे ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *