बांकेमा १३ लाख रुपैयाँसहित १४ जुवाडे पक्राउ
बांके/ दिपेशजंग राणा : जुवा तास खेलिरहेको अवस्थामा गएराती नगदसहित १४ जनालाई बांके प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज-४ वाइपासस्थित मौरी रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले गए राति (बुधबार राति) ११ बजेर ३० मिनेटमा १४ जनालाई पक्राउ गरेको हो । मौरी होटलका संचालक विज्ञान श्रेष्ठले जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली परिचालन भएको जनाइएको छ । जुवाखालबाट नगद रु १३ लाख ६३ हजार ८ सय, खोलेको र नयां गरी