आफ्नै किर्तिमान तोड्दै ३०औँ पटक कामीरिता सगरमाथाको चुचुरोमा


  • आफ्नै किर्तिमान तोड्दै ३०औँ पटक कामीरिता सगरमाथाको चुचुरोमा
  • काठमाडौं । सगरमाथा आरोहण गरी पटक पटक कीर्तिमान कायम गरेका कामीरिता शेर्पाले पुन (३० औँ पटक) सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उनी आज (बुधवार)बिहान ७ बजेर ४९ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

    ‘कामीरिता शेर्पाले सगरमाथा शिखरमा ३०औँ पटक पाइला टेकेर नयाँ कीतिर्मान कायम गर्नुभएको छ’, सगरमाथा आधारशिविरबाट कार्यालय गौतमले भने । वसन्त ऋतुको जारी आरोहणमा उनले यसअघि धेरैपटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोडेका छन् ।



  • सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुन् । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।

    सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधि आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा छन् ।baahrakhari

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *