डिएसपीको कार्यकक्षमै भेटे सिरोहियालाई श्रीमती, छोरा र बुहारीले


  • डिएसपीको कार्यकक्षमै भेटे सिरोहियालाई श्रीमती, छोरा र बुहारीले
  • काठमाण्डौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनलाई भेट्न श्रीमती, छोरा र बुहारी जनकपुर पुगेका छन् । त्यहाँ उनीहरूले डीएसपीको कार्यकक्षमा सिरोहियासँग भेट्नुका साथै कुराकानी समेत गरेका छन् ।

    अदालतले सिरोहियालाई नागरिकता कसुरसम्बन्धी मुद्दामा तीन दिनसम्म हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरेको थियो ।



  • पक्राउपछि उनलाई स्थलमार्ग हुँदै सिन्धुलीबाट जनकपुरधाम लगिएको थियो ।बुधबार अदालतमा उपस्थित गराइएका उनलाई जिल्ला न्यायाधीश चुरामन खड्काको इजलासले हिरासतमा राख्ने अनुमति दिएको हो ।अदालतको उक्त आदेशसँगै अहिले सिरोहिया जिल्ला प्रहरीकार्यालय परिसरमा छन् ।खबरहवबाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *