नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि


  • नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि
  • काठमाण्डौं । नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ । 

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको जनाएको छ ।
    हाल उक्त भाइरस सिंगापुर अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको छ ।



  • यस्तै विज्ञहरूले दिर्घरोगी र वृद्धावृद्धलाई विशेष सावधानी अपनाउन सुझाव दिएका छन् । संक्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुनले दिर्घरोगी र वृद्धवृद्धालाई विशेष सावधानी अपनाउन सुझाव दिएका हुन् । ‘कडा छैन भनेर हेलचक्राई गर्न भएन,’ उनले भने,‘दिर्घरोगी र वृद्धवृद्धालाई विशेष सावधानी अपनाउनुपर्छ, जसका लागि परिवारको जो सदस्य भिडमा जानु हुन्छ, उहाँले कोरोनाको स्वास्थ्य मापदण्ड अपनाउनुपर्छ ।’

    डा. पुनका अनुसार ‘केपी–१’ र ‘केपी–२’ ले बाहिरी मुलुकमा खासै असर गरेको देखिँदैन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *