सांगीतिक प्रस्तुतीका लागी लोक गायिका रिता थापा मगर कतारमा

दर्शन सुनार/कतार । राष्ट्रिय लोक तथा दोहोरो गित प्रतिष्ठानकी अध्यक्ष तथा लोकदोहोरी गायिका रिता थापा मगर सांगीतिक प्रस्तुति दिन कतार आईपुगेकी छिन ।नेपाली महिला समाज कतार र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनसिसी कतारको महिला बिभागको समन्वय तथा विभिन्न सघं-संस्थाहरुको संयुक्त आयोजनामा  हुन लागेको “रमाईलो तिज सचेतना तथा विबिध साँस्कृतिक कार्यक्रम” मा थापा सांगीतिक प्रस्तुति दिन  बिहिवार दोहा आई पुगेकी हुन ।नेपालबाट आमन्त्रित थापालाई स्वागत गर्नको लागी नेपाली महिला

कतारमा हुने तिज बिशेष कार्यक्रममा गायिका रिता थापा आउदै

दर्शन सुनार/कतार । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा कतारमा “रमाइलो तिज विशेष” साँस्कृतिक कार्यक्रम हुने भएको छ । शुक्रबार कतारस्थित अल लक्तामा रहेको टयुनिसियन स्कुलको सभाहलमा बिहान ११ बजे देखी सुरु हुनेछ । नेपाली महिला समाज कतार र एनसिसी कतारको महिला बिभागको समन्वय तथा विभिन्न संघ-संस्थाहरुको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष लोक दोहोरी गायिका रिता थापा मगर आउने भएकी छिन ।  कार्यक्रममा महिला

विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा’ सार्वजनिक

काठमाडौं । चर्चित लोक गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ । यो गीत युट्युबमा अपलोड गरिएको ९ घण्टामै ५ लाख ४२ हजार बढी भ्युअर्स पाइसकेको छ ।  प्रत्येक वर्ष नयां तीज गीत ल्याउने माझिले यसपालीको तीजलाई पनी लक्षित गर्दै ‘आइनँ आमा यो तिजमा’ बोलको गीत गाएकी छन् । विष्णु माझीको हरेक तीज गीतमा महिलाका पीडा समेटिएको हुन्छ । जसकारण माझीका गीतको दर्शकका लागि पखाईको हुन्छ । विष्णु

नीताको ‘ह्रस्व दीर्घ’ कात्तिक ३० मा रिलिज हुने

काठमाण्डौं । अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारी दम्पतीको निर्माण तथा अभिनय रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ तिहार लगत्तै कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने भएको छ । चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्रमा नेपाली र भारतीय कलाकारहरुको मुख्य अभिनय रहेको छ । नेपालबाट नीता ढुंगाना,हरिहर अधिकारू,सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, रविन्द्र झा, किरण केसी, गरिमा शर्मा, बुद्धि तामाङ, आदर्श मिश्र आदिको अभिनय रहेको छ भने भारतबाट ब्रह्मानन्दम, अली,प्रदीप

विराजको ‘१२ गाउँ’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘१२ गाउँ’ को टिजर सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रम गर्दै चलचित्रको टिजर सार्वजनिक गरिएको हो । १ मिनेट २१ सेकेन्ड लामो टिजरमा डेव्यु अभिनेता समीर भट्टलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको ‘१२ गाउँ’को टिजरबाट चलचित्र बदलाको कथामा बनेको बुझ्न सकिन्छ । फिल्मबाट समीर भट्टले अभिनेताको रुपमा डेब्यु गर्दैछन् । भारतमा बसेर मार्सल आर्ट र अभिनय सिकेका समीर

‘ज्वाई साब’को फस्टलुक सार्वजनिक

काठमाण्डौं । बसन्त निरौलाको निर्देशन रहेको चलचित्र ‘ज्वाइँ साब’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मंगलबार निर्माणपक्षले फस्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी असोज २४ गते फूलपातिको दिन पारेर प्रदर्शन मिति समेत तय गरेको छ ।  सार्वजनिक गरिएको पोस्टरमध्यको जितु नेपाल र नीति शाहलाई बेहुलाबेहुलीको अवतारमा प्रस्तुत गरिएको छ भने अर्को पोस्टरमा जितु नेपाल, नीति शाह, बुद्दी तामाङ र हिमेस पन्तलाई देखाइएको छ । हाल पोष्ट प्रोडक्शनको काम भइरहेको चलचित्रको एक

तिलु शर्माको तीज गीत 'छोरी भर जन्मनु': विवाहित चेलीले पाएको पीडा

दर्शन सुनार/कतार : नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिएसँगै नयाँ गीततहरु पनि श्रोता दर्शक माझ आउने क्रम बढदो छ। यसैबीच तिलु शर्मा पौडेल र प्रवेश पौडेलको शब्द/ संगीत अनि शान्ती श्री परियारको आवाज रहेको ‘छोरी भर जन्मनु’ मौलिक तीज गीत सार्वजनिक भएको छ। बाबा इन्टरटेन्मेन्ट युट्युव च्यानल मार्फत गीतको भिडियो शुक्रबार सार्वजनिक गरिएको हो। मौलिकतालाई झल्काउने गीत भिडियोको निर्देशन प्रविन थापाले गरेका छन् भने भिडियोमा अजय रेग्मीको छांयाकन र अमृत चापागाईंको

चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षमा दरखास्त आह्वान गरेको छ।  बुधबार सूचना जारी गर्दै मन्त्रालयले योग्यता पुगेका इच्छुक व्यक्तिलाई १५ दिनभित्र आवेदन दिन भनेको हो। सूचनाअनुसार आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तिमा पनि स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर कम्तिमा १० वर्ष काम गरेको योग्यता तोकिएको छ। प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेकाहरुले

प्राबिधिक कारणले ‘आँखा’ को प्रदर्शन रोकियो

काठमाण्डौं । असारको १४ गते शुक्रबारदेखी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आँखा’ तोकिएको समयमा प्रदर्शन नहुनेभएको छ । जौन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रको केही प्राविधिक कारण देखाउँदै निर्माण टिमले असार १४ गते पोस्टपोन्ड गरेको हो । रिलिज हुने नयां मिति एक सातामा फाइनल गरिने निर्देशक योञ्जनका बताए ।  लामा सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको यो चलचित्रमा निर्देशक योञ्जनकै कथा, पटकथा र लगानी रहेको छ ।  सामाजिक कथामा निर्माण गरिएको चलचित्रमा

गोरखा सेवा समाजको सांस्कृतिक कार्यक्रम भव्य तरिकाले सम्पन्न, कलाकारले मच्चाए धमाका

दर्शन सुनार/कतार : गोर्खा सेवा समाज कतारले गोरखामा मानविय कार्यको लागी मानवसेवा आश्रम निर्माणधिन भवनलाई सहयोगार्थका लागी “तन मन, वचन र कर्मले सेवा गरौ” भन्ने मुल नाराका साथ बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद (अल अदा)को अवसरमा आयोजना गरिएको कार्यक्रममा लोकप्रिय गायिका समिक्षा अधिकारी, खेम सेन्चुरी, निर्जला गुरुङ, उर्गेन दोङ लगायत स्थानिय कलाकारले आफ्नो प्रस्तुती राखेका थिए । मानव सेवा आश्रमका बारेमा कतार च्याप्टरका संयोजक