नेपालगञ्जमा हुने ‘रोपाइँ फेस्टिवल’ मा ज्योति मगर र चक्र बमले प्रस्तुती दिने 

नेपालगंज। टीम डी–एजले विगतका वर्षमा झैं यस वर्ष पनि असार १५ गते नेपालगञ्जको भैयापुरमा ‘रोपाइँ फेस्टिवल’ गर्ने भएको छ । रोपाइँ फेस्टिवलमा ज्योति मगर र चक्र बमले प्रस्तुती दिने भएका छन । आयोजक टीम डी–एजका दिनेश थापा मगरले ‘रोपाइँ फेस्टिवल’बारे जानकारी गराएको हो । उनले यसपटक विगतका वर्षमा भन्दा केही फरक तरिकाले रोपाइँ फेस्टिवल आयोजना गर्ने तयारी गरेको बताए । रोपाइँ फेस्टिवलमा सांस्कृतिक कार्यक्रमसहित विभिन्न कार्यक्रमहरु आयोजना गरेर दर्शकलाई मनोरञ्जन

सेवा-झोर्ले सार्वजनिक

काठमाडौं । सेवा(झोर्ले) गीत सार्वजनिक भएको छ । गीतको शब्द पदम साधना कुलुङ र विजय मगरले लेखेका हुन् भने सङ्गीत सङ्कलन विजय मगरले नै गरेका हुन् । पदम राई र सङ्गीता मस्राङ्गी मगरले गाएको गीतमा एरेञ्जरमिक्सिङरमास्टरिङको काम देवेश राईले गरेका छन् । गीत माहोल स्टूडिओमा रेकर्डिङ्ग गरिएको हो । गीतको भिडिओमा याङसाङ मुकारुङ, पुनम थापामागर, सुम्मेन गुरुङ र रेश्मा खजुम मुख्य रूपमा फिचर्ड छन् । भिडिओ निर्देशनको काम विजय मगरले

दीपाको ‘छक्कापञ्जा ५’ को छायांकन सुरु

काठमाण्डौं । यस बर्षको बहुप्रतिक्षित चलचित्र  ‘छक्कापञ्जा ५’ को छायांकन सुरु गरिएको छ। विहीबार भक्तपुरको सूर्यविनायक मन्दिरमा चलचित्रको सुभसाइत गर्दै निर्माण टिमले छायांकन सुरु गरेको हो। दीपकराज गिरी र वर्षा सिवाकोटीको मुख्य भुमिका रहेको चलचित्रको ४५ दिनसम्म काठमाडौं र पोखरा क्षेत्रमा छायांकन हुने निर्माण पक्षले जनाएको छ । आमा सरस्वती मूभिज र आइएमईको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गर्ने भएकी छन । दीपक शर्मा र बाबुल गिरीको

नेपाल आए लगत्तै गायक रवि ओडले गरे प्रहरीमा आत्मसमर्पण

कञ्चनपुर । नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडले प्रहरीमा आत्मसमर्पण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन् ।वैवाहिक बलात्कारको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । ओड साङ्गीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् । नेपाल आए लगत्तै उनी आफै इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गर्न पुगेको जिल्ला प्रहरी कार्यालयका

लोकप्रिय गायक पशुपति शर्मा लगायतका कलाकार आइपुगे कतार

दर्शन सुनार/कतार : लोकप्रिय गायक पशुपति शर्मा लगायतका कही कलाकारहरु कतार आइपुगेका छन्। कतारमा हुन लागेको वृहत् साँस्कृतिक कार्यक्रमको लागि  पशुपति शर्मासँगै मोडलद्वय करिश्मा ढकाल र सविता भुसाल पनि मंगलबार राति कतार आइपुगेका हुन्। कतारको सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टले आयोजना गरेको कार्यक्रमको लागि आएका कलाकारहरुलाई स्वागत गर्न फुलबारी रेष्टुरेन्टका सञ्चालक श्याम प्रसाद पौडेल,कार्यक्रम संयोजक रोशन अर्याल लगायत अन्य व्यक्तित्वहरु हमद अन्तर्राष्ट्रिय बिमानस्थलमा पुगेका थिए । ”फुलबारी रेष्टुरेन्टको चाहना, नेपाली कला

जेठ १० मा ‘फर्की फर्की’ र ‘पुजार सार्की’ भिड्दै

काठमाण्डौं । आगामी जेठ १० गतेबाट बुद्ध जयन्तीको अवसर पारेर चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ प्रदर्शनमा आउने भएका छन । सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएसंगै दर्शकको राम्रो प्रतिकृया पाएको छ । रोहित अधिकारी निर्माता रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ। अनमोल केसी र  जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्रले दर्शकको मन जित्नेमा ढुक्क रहेको निर्माण पक्षले बताएको छ

कतारमा गायक बसन्त विश्वकर्मा सम्मानित

दर्शन सुनार/कतार : पछिल्लो समयका लोकप्रिय गायक वसन्त विश्वकर्मा यतिबेला कतारमा छन्। तनहुँ सेवा समाज कतारले आयोजना गरेको सांगीतिक कार्यक्रमको लागि उनी केही दिन अघि कतार आएका हुन्। भव्य रुपमा सांगीतिक कार्यक्रम सक्काएका उनी सम्मानित समेत भएका छन्। सोमबार साँझ ग्रान्ड मलमा अवस्थित जिम्बु थकाली रेष्टुरेन्टको सभाहलमा दलित एकता सञ्जाल कतार र बिश्वकर्मा समाज कतारले संयुक्त एक कार्यक्रमको आयोजना गर्दै वसन्तलाई सम्मान गरेको हो । दलित एकता सञ्जाल कतारका अध्यक्ष

सलमान खान बस्ने घरमा गोली चल्यो

काठमाडौँ । बलिवुड अभिनेता सलमान खान बस्ने घरको बाहिर आइतबार गोली चलेको छ । मुम्बईको बान्द्रास्थित गैलेक्सी अपार्टमेन्ट अगाडी गोली प्रहार भएको थियो । ग्यालेक्सी अपार्टमेन्ट अगाडि दुई मोटरसाइकल सवारले ४ राउण्ड फायर गरेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । गोली चलेपछि घरको सुरक्षा बढाइएको बताइएको छ । गोली चल्दा सलमान आफ्नै घरमा थिए । सलमानलाई लरेन्स बिश्नोई–गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो । घटनाको खबर पाएलगत्तै मुम्बई

तनहुँ सेवा समाज कतारले वृहत् साँस्कृतिक कार्यक्रम गर्दै

दर्शन सुनार/कतार : तनहुँ सेवा समाज कतारले बृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपालीहरुको नयाँ वर्ष २०८१ तथा ईस्लाम धर्मावलम्बीहरुको महान पर्ब ईद उल फितरको” शुभ अवसरमा ईदको दोस्रो दिन तनहुँ सेवा समाज कतारको आयोजनामा बहुउद्देश्यीय अक्षय कोषको सहयोगार्थमा बृहत साँस्कृतिक कार्यक्रम-२०२४ गर्न लागेको हो । कार्यक्रमको मुख्य आकर्षणमा तनहुँको चिनारी “कौरा” नाचँ आकर्षणको केन्द्र रहने छ। उक्त कार्यक्रममा आफनो सांगीतिक प्रस्तुति दिन पछिल्लो समयका चर्चित कलाकार लोक तथा

तृप्ति खड्का गुरुङको ‘कृष्ण कन्हैया’ सार्वजनिक

काठमाण्डौं । गायिका तृप्ति खड्का गुरुङको स्वर र संगीत रहेको नयाँ भजन ‘कृष्ण कन्हैया’ सार्वजनिक भएको छ । ज्ञानेन्द्र गदालको शब्द रहेको गीतको भिडियो शनिबार सार्वजनिक भएको हो । अरुण कुमार प्रधानको निर्देशन, सुमन तामाङको छायांकन, हेमन्त तामाङको सम्पादन रहेको भिडियोमा दिनेश कोइराला र मेनुका माझीलाई कृष्ण र राधाको भुमिकामा देख्न सकिन्छ । भीडियोमा अर्पण आचार्य, विनिता चापागाईं, अनुजा चापागाईं, प्रसन्न पोखरेल, रूपा कोइराला, सफा कोइराला, कविता घिमिरे, गंगा घिमिरे, अनिता