जेठ १० मा ‘फर्की फर्की’ र ‘पुजार सार्की’ भिड्दै


  • जेठ १० मा ‘फर्की फर्की’ र ‘पुजार सार्की’ भिड्दै

    काठमाण्डौं । आगामी जेठ १० गतेबाट बुद्ध जयन्तीको अवसर पारेर चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ प्रदर्शनमा आउने भएका छन ।

    सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएसंगै दर्शकको राम्रो प्रतिकृया पाएको छ । रोहित अधिकारी निर्माता रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।

    अनमोल केसी र  जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्रले दर्शकको मन जित्नेमा ढुक्क रहेको निर्माण पक्षले बताएको छ ।



  •  त्यस्तै, दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र ‘पुजार सार्की’को ट्रेलर भने अझै रिलिज गरिएको छैन्। विकास सुवेदीको कथा,सुवास भुसाल निर्माता रहेको चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का,पल शाह, अन्जना बराइली र परीक्षा लिम्बूको अभिनय रहेको छ । चलचित्रले दर्शकको उत्कृष्ट साथ पाउनेमा निर्माण पक्ष ढुक्क रहेको छ ।

    एउटै मितिमा आउन लागेको यी दुबै चलचित्रमध्य कसले बढी दर्शकको साथ पाउने हो त्यो भने हेर्न बांकी छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *