ओलीले दिए सुहाङलाई बधाई मतदातालाई धन्यवाद


  • ओलीले दिए सुहाङलाई बधाई मतदातालाई धन्यवाद

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम- २ मा फराकिलो अन्तरले विजयी भएका एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिएका छन् ।

    इलाम- २ मा नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका सुहाङलाई ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । साथै अध्यक्ष ओलीले इमालका मतदातालाई सुहाङलाई विजयी गराएको भन्दै धन्यवाद पनि दिए ।



  • उनले सुहाङलाई इलाम जाँदा कति मतले जितिन्छ भनेर प्रश्न गर्दा जवाफमा सुहाङले इलामेली जनतालाई सोध्नुपर्छ भनेर भनेको समेत उल्लेख गरेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *