तनहुँ सेवा समाज कतारले वृहत् साँस्कृतिक कार्यक्रम गर्दै


  • तनहुँ सेवा समाज कतारले वृहत् साँस्कृतिक कार्यक्रम गर्दै

    दर्शन सुनार/कतार : तनहुँ सेवा समाज कतारले बृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपालीहरुको नयाँ वर्ष २०८१ तथा ईस्लाम धर्मावलम्बीहरुको महान पर्ब ईद उल फितरको” शुभ अवसरमा ईदको दोस्रो दिन तनहुँ सेवा समाज कतारको आयोजनामा बहुउद्देश्यीय अक्षय कोषको सहयोगार्थमा बृहत साँस्कृतिक कार्यक्रम-२०२४ गर्न लागेको हो ।

    कार्यक्रमको मुख्य आकर्षणमा तनहुँको चिनारी "कौरा" नाचँ आकर्षणको केन्द्र रहने छ। उक्त कार्यक्रममा आफनो सांगीतिक प्रस्तुति दिन पछिल्लो समयका चर्चित कलाकार लोक तथा दोहोरी गायिका अस्मिता डल्लकोटी,र लोक तथा दोहोरी गायक वसन्त बिश्वकर्मा कतार आउने भएका छ्न । साथमा कतारमा स्थापित  स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति सगैं साथमा बिबिध मनोरन्जनात्मक प्रस्तुतिहरु समेत रहने छ ।



  • समाजका अध्यक्ष पदम गिरीले बृहत् साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र अतिथी कलाकार बुधबार कतार आईपुग्ने जानकारी दिए । ईदको दोस्रो दिन बिहिवार दोहा स्थित होटल होलिडे ईन बिजनेश पार्क होटेलको सभाहलमा दिनको ठिक १२ बजे देखि कार्यक्रम सुरु हुने कार्यक्रमको कार्यतालिका रहेको छ कार्यक्रममा सबैलाई उपस्थितिको लागि तनहुँ सेवा समाज कतारले अनुरोध समेत गरेको छ ।

    "सबल र समृद्ध जिल्ला निर्माणमा प्रबासिको योगदान, सहयोग र सदभाब सबैमा तनहुँ सेवा समाजको अभियान” भन्नेमुल नाराका साथ सन् २००४ मा स्थापना भएको सामाजिक संस्था
    कतार तथा गृह जिल्ला तनहुँमा विभिन्न सामाजिक कार्यमा समेत सक्रिय रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *