कतारमा गायक बसन्त विश्वकर्मा सम्मानित


  • कतारमा गायक बसन्त विश्वकर्मा सम्मानित
  • दर्शन सुनार/कतार : पछिल्लो समयका लोकप्रिय गायक वसन्त विश्वकर्मा यतिबेला कतारमा छन्। तनहुँ सेवा समाज कतारले आयोजना गरेको सांगीतिक कार्यक्रमको लागि उनी केही दिन अघि कतार आएका हुन्।

    भव्य रुपमा सांगीतिक कार्यक्रम सक्काएका उनी सम्मानित समेत भएका छन्। सोमबार साँझ ग्रान्ड मलमा अवस्थित जिम्बु थकाली रेष्टुरेन्टको सभाहलमा दलित एकता सञ्जाल कतार र बिश्वकर्मा समाज कतारले संयुक्त एक कार्यक्रमको आयोजना गर्दै वसन्तलाई सम्मान गरेको हो ।

    दलित एकता सञ्जाल कतारका अध्यक्ष किरण परियारको अध्यक्षतामा दलित एकता सञ्जाल कतार र बिश्वकर्मा समाज कतारले कलाकार बिश्वकर्मालाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरेको थियो ।



  • सम्मान पश्चात् शुभकामना मन्तव्य दिँदै कलाकार बिश्वकर्माले आफू कतार पहिलो पटक आउन पाउँदा खुशीले हर्षित भएको बताए । उनले कतार आएर आफ्ना  समुदायका परिवारसंग मिल्ने अवसर तनहुँ समाज कतारले दिएको बताउँदै तनहुँ समाजलाई धन्यवाद प्रकट गरे । माया र सम्मानले उर्जा मिलेको बताउँदै बिश्वकर्माले कतार यात्राले आफ्नो सांगीतिक क्षेत्रमा थप मेहनत गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।

    दलित एकता सञ्जाल कतारका अध्यक्ष किरण परियारले तनहुँको माटोले जन्माएको कलाकारलाई सम्मान गर्न पाउँदा खुसी मिलेको बताए। उनले आफनो समुदायको हक र हितका लागि सदैब राम्रा काम गर्न आग्रह गर्दै सांगीतिक यात्रामा उज्ज्वल भबिष्यको शुभकामना दिएका थिए ।

    सम्मान कार्यक्रममा लोक तथा तथा दोहोरी गीत प्रतिष्ठान शाखा कतारका संस्थापक अध्यक्ष कृष्ण बराल सहित संस्थाका अन्य पदाधिकारीहरुको उपस्तिथि रहेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचीव अर्जुन घिमिरेले गरेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *