स्याङ्जा सहयोग समाज कतारले शुक्रबार विविध सांस्कृतिक कार्यक्रम गर्दै


  • स्याङ्जा सहयोग समाज कतारले शुक्रबार विविध सांस्कृतिक कार्यक्रम गर्दै
  • दर्शन सुनार/कतार : पछिल्लो समय कतारमा हप्तौंजसो कुनै न कुनै कार्यक्रमहरु भइरहेका हुन्छन्। कुनै कार्यक्रम साना हुन्छन् त कुनै ठुला। यसैबीच, स्याङ्जा सहयोग समाज कतारले पनि सांगीतिक कार्यक्रम गर्नेभएको छ।

    संस्थाको १९ औं वार्षिकोत्सबको अवसरमा आगामी शुक्रबार विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको आयोजक टिमले जनाएको छ। कार्यक्रमको लागि नेपालबाट लोकप्रिय लोक दोहोरी गायक तथा सर्जक खुमन अधिकारी, चर्चित मोडल तथा डान्सर अस्मिता रनपाल र चर्चित दोहोरी गायिका कमला गैर्हे आउन लागेको बताइएको छ।

    अप्रेल १९ तारिक शुक्रबारका दिन समाजले नेपालीहरुको नयाँ बर्ष २०८१ सालको अवसरमा शुभकामना आदान- प्रदान "राम्दीधाम वृद्धाश्रम सहयोगार्थ" तथा १९ औ वार्षिकोत्सवको साथमा  विविध साँस्कृतिक कार्यक्रम २०२४ गर्ने लागेको हो ।



  • कार्यक्रमको मुख्य आकर्षणमा नेपाली मौलिक पञ्चेबाजा रहने बताइएको छ। साथै कतारमा स्थापित स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक घनश्याम जैसीले जानकारी दिए।

    मुल आयोजक स्याङ्जा सहयोग समाज कतारको आयोजना तथा स्याङ्जा सहयोग समाजको मातहत रहेका पाँच ओटा ईकाईको सह-आयोजनामा सम्पन्न हुन लागिरहेको "१९ औ वार्षिकोत्सव तथा विविध साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको समाजका अध्यक्ष प्रकाश परियारले बताए ।

    शुक्रबार अल लक्तामा रहेको टयुनिसियन स्कुलको सभाहलमा दिनको ११ बजेदेखि कार्यक्रम सुरु हुने कार्यतालिका रहेको छ। कार्यक्रममा सरिक हुने टिकट होल्डरहरुको लागि कतारका विभिन्न स्थानहरुबाट निशुल्क यातयातको व्यवस्था समेत रहेको छ ।कार्यक्रममा कतारबासी सबैलाई उपस्थित भएर साँस्कृतिक कार्यक्रमको भरपुर्ण मनोरञ्जन लिन स्याङ्जा सहयोग समाज कतारले अनुरोध समेत गरेको छ ।भने सौर्यपत्र अनलाइन समेत उक्त कार्यक्रमको सञ्चार सहयोगीका रुपमा रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *