लोकप्रिय गायक पशुपति शर्मा लगायतका कलाकार आइपुगे कतार


  • लोकप्रिय गायक पशुपति शर्मा लगायतका कलाकार आइपुगे कतार

    दर्शन सुनार/कतार : लोकप्रिय गायक पशुपति शर्मा लगायतका कही कलाकारहरु कतार आइपुगेका छन्। कतारमा हुन लागेको वृहत् साँस्कृतिक कार्यक्रमको लागि  पशुपति शर्मासँगै मोडलद्वय करिश्मा ढकाल र सविता भुसाल पनि मंगलबार राति कतार आइपुगेका हुन्।

    कतारको सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टले आयोजना गरेको कार्यक्रमको लागि आएका कलाकारहरुलाई स्वागत गर्न फुलबारी रेष्टुरेन्टका सञ्चालक श्याम प्रसाद पौडेल,कार्यक्रम संयोजक रोशन अर्याल लगायत अन्य व्यक्तित्वहरु हमद अन्तर्राष्ट्रिय बिमानस्थलमा पुगेका थिए ।



  • ''फुलबारी रेष्टुरेन्टको चाहना, नेपाली कला र संस्कृतिको जगेर्ना" भन्ने मुल नाराका साथ मानव सेवा आश्रम सहयोगार्थ आयोजना गर्न लागिएको उक्त वृहत् सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम सयोंजक रोशन अर्यालले जानकारी दिए। कार्यक्रममा सबैलाई उपस्तिथिको लागि रेष्टुरेन्ट सञ्चालक श्याम प्रसाद पौडेलले अनुरोध गरेका छन्।

    आफ्नो सांगीतिक प्रस्तुति दिन कतार आइपुगेका कलाकारहरुले कतारमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा निमन्त्रणा गरेका छन् । शुक्रबार हुने वृहत् सांस्कृतिक कार्यक्रमको कार्यतालिका दुई चरणमा रहेको छ । पहिलो चरणको कार्यक्रम दिउँसो दुई बजे सुचारु हुने र बेलुका ६ बजे सकिनेछ ।

    त्यस्तै दोस्रो चरणको कार्यक्रम बेलुका ७ बजे देखि राती साढे १० बजेसम्म रहनेछ भने दुई चरणकै कार्यक्रममा टिकट होल्डरहरुको लागि चिया नास्ता, सहित खानाको समेत ब्यवस्था रहेको आयोजक टिमले जानकारी दिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *