धारा नेपालगन्ज म्याराथनको टिम थाइल्यान्ड प्रस्थान


  • धारा नेपालगन्ज म्याराथनको टिम थाइल्यान्ड प्रस्थान

  • काठमाडौं : धारा नेपालगन्ज म्याराथनको चार सदस्यीय पदाधिकारी टोली बिहीबार थाइल्यान्ड प्रस्थान गरेको छ ।

    थाइल्यान्डको राजधानी बैंकक नजिकैको ठूलो सहर ब्याङ्सेनमा शुक्रबार हुने एशिया रोड रेस फोरममा भाग लिन अध्यक्ष टीएस ठकुरी, सदस्य जनक नेपाल, कपिल थापा र कुमार शमशेर थापा बिहीबार बैंकक तर्फ प्रस्थान गरेका हुन् ।

    सुर्खेतनिवासी कुमार थापा धारा नेपालगन्ज म्याराथनकै भगिनी इभेन्ट ज्ञान कर्णाली हाफ म्याराथनका सदस्यसचिव हुन् । 



  • एशियाको प्रतिष्ठित ब्याङ्सेन 10 किमि राेड रेस अघि हुने एशियाली दौड सम्मेलनमा नेपालबाट धारा नेपालगन्ज म्याराथनले दोस्रोपटक सहभागिताको अवसर पाएको हो । यसअघि गत बर्ष थाइल्यान्डको हातएईमा संस्थापक अध्यक्ष ठकुरीले भाग लिएका थिए । 

    थाइल्यान्डमा रनिङ इभेन्ट आयाेजकहरुकाे साझा संस्था थाइल्यान्ड मास स्पाेर्ट्स पार्टिसिपेन्ट एसाेसियसनले हरेक बर्ष फरकफरक सहरमा एशिया राेड रेस फाेरम आायाेजना गर्दै आएको छ । पुर्वी एशियाली देशहरूलाई लक्षित गरि आयाेजना हुने फाेरममा विश्व प्रतिष्ठित विज्ञहरूसँग अन्तरक्रिया गराइन्छ । फाेरम लगत्तै एक्स्पाे भ्रमणको अवसर रहेकोले केही सिक्ने अवसर प्राप्त हुनेछ । रेस नेपालले यश बर्षदेखि काठमाडौं 25के नेपाल हेरिटेज रन तथा नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स यही जेठ २३ र २४ गते काठमाडौंमा गर्दैछ । साथै विश्व म्याराथनकाे साझा संस्था एसाेसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)काे बाेर्ड बैठककाे आतिथ्यता गर्दैछ । आइतबार बिहान आयोजना हुने  ब्याङ्सेन 10 किमि रेस अवलोकन पश्चात् टाेली नेपाल फर्कनेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *