बक्स अफिसमा ‘गदर २’को तीन दिनमै सय करोड नाघ्यो


  • बक्स अफिसमा ‘गदर २’को तीन दिनमै सय करोड नाघ्यो

    काठमाण्डौं : सनी देओल र अमीषा पटेल स्टारर बलिउड फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा तहल्का पिटेको छ । पहिलो दिनदेखी नै सबै हलहरुमा हाउसफुलको बोर्ड लगाएर आक्रमक व्यापार गरिरहेको छ । भारतीय बक्स अफिस रिपोर्टमा काम गर्ने sacnilk साइटको रिपोर्ट अनुसार फिल्मले ओपनिङमा भारु ४० करोड १० लाख, दोस्रो दिन ४३ करोड ८ लाख र तेस्रो दिन ५१ करोड ७० लाखको व्यापार गर्दै ‘गदर २’ले तीन दिनमा १ सय ३४ करोड ८८ लाख (नेपाली २ सय १५ करोड ८० लाखको व्यापार गर्न सफल भएको छ ।

    बलिउड इतिहासमै एक दिनमा ५० करोड कमाउने फिल्ममा समेत ‘गदर २’ सूचीकृत भएको छ । यसअघि ‘पठान’, ‘केजीएफ २’, ‘वार’ र ‘ठग्स अफ हिन्दोस्तान’ले यो रेकर्ड बनाएका थिए । बलिउडका ट्रेड एनालिस्ट तरण आदर्शले तारा सिंह (सनी देओल)ले हतौडाबाट बक्स अफिस तोडेको टिप्पणी गरेका छन् ।



  • २२ बर्ष अघी 'गदर: एक प्रेम कथा' ले विश्वभरी गरेको व्यापार ‘गदर २’ ले तीन दिनमा गरेको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *