प्रचण्ड र बलिउड अभिनेता विवेक ओबरायबीच भेट


  • प्रचण्ड र बलिउड अभिनेता विवेक ओबरायबीच भेट

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबरायबीच भेट भएको छ ।
    प्रचण्डलाई भेट्न अभिनेता ओबराय तथा टेलिभिजन पर्सनालिटी सुरेश ओबरायसँगै बिहीबार खुमलटार पुगेका हुन् । प्रचण्डसँगको भेटमा ओबरायले ढाकाटोपी लगाएका थिए । प्रचण्ड सचिवालयका अनुसार भेटमा फिल्म र सांस्कृतिक विषयवस्तुमा कुराकानी भएको थियो । सुरेश ओबरायका फिल्म आफूले हेर्ने गरेको प्रचण्डले बताएका थिए । सुरेशले आफूले प्रचण्डलाई मुलुकमा परिवर्तन ल्याउने नेताको रुपमा चिनेको भन्दै उनको प्रशंसा गरेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *