दरबारमार्गबाट हुण्डीको रकमसहित दुईजना पक्राउ
काठमाडौं । काठमाडौँको दरबारमार्गबाट प्रहरीले करिब ९८ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ । स्रोत नखुलेको उक्त रकम हुन्डीको भएको खुलेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ पर्नेमा दुवै जना पुरुष रहेका छन् । प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने उपत्यका प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले बताए । उनका अनुसार ती पक्राउ पर्ने बुटवलका हुन् । दरबारमार्गको जय