‘खुल्ला नकआउट फुटबल प्रतियोगिता’को प्रायोजकमा जोडियो सुबि एजुकेसन


  • 'खुल्ला नकआउट फुटबल प्रतियोगिता'को प्रायोजकमा जोडियो सुबि एजुकेसन

    नेपालगन्ज : आगामी पौष ७ गतेदेखि बाँकेको खजुरामा संचालनमा हुन गईरहेको 'खुल्ला नकआउट फुटबल प्रतियोगिता'को प्रायोजकमा सुबि एजुकेसन एण्ड भिजा सर्भिसेज जोडिएको छ। प्रतियोगिताको लागि 'ब्यानर' र 'म्यान अफ द म्याच'को लागि प्रायोजन गर्ने गरि आयोजक टिम र सुबि एजुकेसनबीच सम्झौता भएको हो।

    नेपालगन्जको बिपि चोकस्थित सुबिको कार्यालयमा मंगलबार आयोजक टिमका पदाधिकारी र सुबिका कोर्डिनेटर तथा इन्सट्रक्टर संजय बरालबीच सम्झौता गरिएको हो।

    सम्झौता अनुसार प्रतियोगितामा प्रत्येक खेलका 'म्यान अफ द म्याच' घोषित हुने खेलाडीहरुलाई सुबि एजुकेसनले पुरस्कार प्रायोजन गर्नेछ। न्यु दर्पण युवा स्पोर्ट्स क्लब खजुराको आयोजनामा ई गाउँमा प्रतियोगिता संचालन हुनेछ। प्रतियोगितामा कति टिमको सहभागीता रहने भन्ने कुरा केही दिनपछि जानकारी गराउने आयोजक टिमले जनाएको छ।



  • जापान जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर नेपालगन्जमा संचालनमा आएको सुबि एजुकेसन पछिल्लो समय विभिन्न क्रियाकलापमा सक्रिय हुँदै आएको छ। आयोजक टिमसँगको सम्झौता पश्चात् फुटबल खेल्ने खेलाडीहरुको प्रोत्साहनस्वरुप प्रायोजकका रुपमा सुबि जोडिएको कोर्डिनेटर तथा इन्स्ट्रक्टर संजय बरालले बताए।

    यस अघि पनि सुबि एजुकेसन विभिन्न इभेन्टहरुमा एजुकेसन पार्टनरका रुपमा जोडिसकेको छ। जसले गर्दा सुबिको नेपालगन्ज लगायत पश्चिम क्षेत्रमा एक खालको चर्चा समेत सुरु भएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *