शुभकलाको हट्यो चिसो भुइँमा सुत्नुपर्ने बाध्यता, पाइन् बेड बिस्तारा


  • शुभकलाको हट्यो चिसो भुइँमा सुत्नुपर्ने बाध्यता, पाइन् बेड बिस्तारा

    नेपालगन्ज : साघुँरो कोठा । भुईमा त्रिपाल विछाएर त्यसमाथि तन्नाको विस्तारा । पुरानो कम्बलको न्यानो कति पुग्यो होला ? बाँके खजुरा गाउँपालिका वडा नम्बर ४ बस्ने सुभकला कुमाल छोरा छोरी सहित भुईमा सुत्नपरेको भिडियो खबरगन्जले प्रशारण गरेपछि अमेरिका बस्ने लिल बहादुर थापाले सहयोग पठाएका छन ।

    भिडियो राखेको एक घण्टा नहुदैं लिल बहादुरले सुभकलाको परिवारमा तत्काल राहत उपलव्ध गराउन खबरगन्जका संचालक पत्रकार खगेन्द्र दाहाल मार्फत रकम पठाए । दाहालले मंगलबार सुभकलाको घरका लागि २ वटा खाट, बेड विस्तारा, तन्ना, सिरानी, फाइबरको सिरक, ५ बोरा मसिनो चामल, एक पेटी तेल, दाल, चिनि, चियापत्ती, पिठो, नुन, चाउचाउ, विस्कुट, भुजा, चिउरा, नुहाउने लुगाधुने साबुन, लुगाधुने सरफ, सेम्पु, मसला, अण्डा लगाएत खाध्यान्न सामग्री प्रदान गरे ।

    सुभकलाको छोरी र छोराको लागि स्कुल ड्रेस ट्रयाक सुट, कापि कलम, झोला, चार जोर कालो सेतो स्कुल जुत्ता समेत हस्तान्तरण गरे । ५० हजार बराबरको सहयोग घरमा आइपुग्दा सुभकला र उनका सन्तानले खुसिको आशु झरेका थिए । पढाई बाट बन्चित हुन परेको सुभकलाको छोरीले बुधबार देखिनै डि गाउँमा रहेको विद्यालयमा निशुल्क रुपमा पढ्न पाउने भएकी छन ।



  • घरमा खान समेत अन्न नहुदाँ उहाँहरुलाई थप समस्या परेको भिडियो हेरेपछि अमेरिका बस्ने थापाले सबै व्यवस्था जुटाउन सहयोग पठाएका हुन । लिल बहादुर भन्छन्, अपांगता बाट पिडित सुभकलाको एक खुट्टा छोटो र उनि बैसाखिको मद्धतले हिडडुल गर्ने र परिवार हेर्ने गर्नुहुदो रहेछ यो देखेर मेरो मन पनि रोयो । दैनिक गुजारा चलाउन समेत मुस्किल भएको यो परिवारमा थोरै भएपनि सहयोग गर्न पाउँदा खुसि लागेको छ लिल बहादुरले भने । अब उहाँहरु भोकभोकै चिसो भुईमा बस्न पर्नेछैन ।

    छोरीले नियमित विद्यालय जाने छिन् । हाल सुभकला बस्ने घर पनि उनको होइन । उनको देवरको घरको एक कोठामा बसिरहेकी उनलाई आफ्नो घर नहुदाँ थप चिन्ता छ । आफ्नो घर बाढीले लगेपछि नयाँ घर बनाउन सकेकि छैनन् । देवर अहिले बाहिर कतै जिल्लातिर छन् उनि आएपछि आफु कता जाने भन्ने पिरले उनलाई सताउन भने छाडेको छैन । तत्कालका लागि लिल बहादुरले पठाएको सहयोग पाएपछि उनले भगवान बनेर आफ्नो रक्षा गरेको बताइन । खुसिका आशु झारिरहेकी सुभकलाले लिल बहादुरलाई सधै राम्रो होस भनेर आशिष दिइन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *