‘विद्यार्थीको विश्वासलाई सुबि एजुकेसनले लत्याउँदैन’- प्रवन्ध निर्देशक बास्तोला


  • 'विद्यार्थीको विश्वासलाई सुबि एजुकेसनले लत्याउँदैन'- प्रवन्ध निर्देशक बास्तोला

    नेपालगन्ज : पछिल्लो समय अध्ययनको सिलसिलामा विदेशीने विद्यार्थीहरुको संख्या निकै बाख्लो छ। दैनिकजसो सयौं विद्यार्थीहरु विदेश पलायन भइरहेका छन्। विशेषगरी अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान, यूके लगायतका देशहरुमा विद्यार्थीहरुको मोह बढ्दो छ।

    विदेश पढ्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै नेपालमा कन्सल्टेन्सीहरु पनि छ्यापछ्याप्ती खुलेका छन्। विद्यार्थीहरुले राम्रोसँग ख्याल नपुर्‍याउँदा धेरै कन्सल्टेन्सीबाट ठगिनु पनि परेको छ। अब नेपालगन्जको कुरा गर्ने हो भने पनि धेरै कन्सल्टेन्सीहरु खुलेका छन्। ति मध्ये 'सुबी एजुकेसन एण्ड भिजा सर्भिसेज'ले नेपालगन्जमा विद्यार्थीहरुको विश्वास जितिरहेको छ।

    नेपालगन्जको विपी चोक नजिक रहेको सुबी एजुकेसन अनौपचारिक रुपमा केही महिनादेखि संचालनमा आएपनि औपचारिक रुपमा भने शनिबारदेखि आफ्नो कार्य अगाडि बढाएको हो। शनिबार नेपालगन्जको एक होटलमा भव्य कार्यक्रमको आयोजना गर्दै सुबीको 'ग्राण्ड ओपनिङ' गरिएको हो।

    विशेषगरी जापान जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै सुबि एजुकेसन संचालनमा ल्याइएको सुबि एजुकेसनका प्रबन्ध निर्देशक विनोज बास्तोलाले बताए। उद्घाटन कार्यक्रममा बोल्दै उनले विद्यार्थीहरुको भरोसालाई टुट्न नदिने प्रतिबद्धता व्यक्त गरे।

    "अन्य कन्सल्टेन्सीले के गर्छन् थाहा छैन, तर सुबी एजुकेसनले विद्यार्थीको विश्वासलाई गुम्न दिँदैन', उद्घाटन कार्यक्रममा बोल्दै बास्तोलाले भने , 'जापान गएर पढ्दै र कमाउँदै गर्न चाहने विद्यार्थीहरुलाई सही मार्गनिर्देशन सुबी एजुकेसनले दिन्छ। जापान मात्र नभएर सुबिमा कोरियन भाषा पनि पढाई हुन्छ। त्यसैले जतिपनि विद्यार्थीहरु हाम्रो कन्सल्टेन्सीमा आउँछन्, उनीहरूको विश्वासलाई आत्मसात गर्दै हामी अगाडी बढिरहेका छौँ।"



  • विद्यार्थी स्वयंले पनि मिहिनेत गर्नुपर्ने उनको आग्रह थियो। पछिल्लो समय राम्रोसँग भाषा नपढेर जापान गएका धेरै विद्यार्थीहरुले दु:ख पाएकोले भाषामा जोड दिन सबै विद्यार्थीलाई उनले अनुरोध गरेका थिए।

    बास्तोलाले स्वयं जापानीज भाषाको अब्बल शिक्षक हुन्। उनले 'एन टु' सम्मको जापानीज भाषामा पोख्त छन्। करिब ६ वर्ष जापान बसेर फर्किएका उनले लामो समय अन्य कन्सल्टेन्सीमा भाषा पढाए। तर अहिले भने आफैंले सुबि एजुकेसन संचालनमा ल्याएका हुन्।

    छोटो समयमै सुबि एजुकेसनमा २ सय बढी विद्यार्थीहरुले जापानीज भाषा अध्ययन गरिरहेका छन्। विनोज बाहेक सुबिमा अर्का जापानीज भाषाका अब्बल शिक्षक संजय बराल पनि छन्। जसले गर्दा सुबिमा भाषा अध्ययन गर्ने विद्यार्थीहरुलाई धेरै सहज भएको छ।

    भाषासँगै जापानको कला, संस्कृति, नीतिनियम, परिवेश लगायतका बारेमा पनि कक्षामा जानकारी गराइने भएकोले नेपालगन्जमा जापानीज भाषा अध्ययन गर्न चाहने विद्यार्थीको रोजाइ सुबि एजुकेसन परेको प्रशिक्षक संजय बराल बताउँछन्। दक्ष एवम् क्षमतावान समूह रहेको सुबिमा कोरियन भाषा पनि दक्ष प्रशिक्षकहरुद्वारा अध्यापन गराइँदै आएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *