अफगानिस्तानमा शक्तिशाली भूकम्प,सय जनाको मृत्यु


  • अफगानिस्तानमा शक्तिशाली भूकम्प,सय जनाको मृत्यु

    एजेन्सी । अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार शनिबार मध्याह्न हेरातबाट करिब ४० किलोमिटर उत्तर–पश्चिममा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । 

    भूकम्पमा परि १०० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् । भूकम्पबाट हेरात प्रान्त सबैभन्दा बढी प्रभावित छ । सयौं घर भत्किएका छन् ।



  • घाइतेहरुको खोज र उद्धार भइरहेको त्यहाँका अधिकारीहरुले बताएका छन् । त्यस्तै मृतकको संख्या पनि बढ्न सक्ने अनुमान गरिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *