माग पूरा नभएसम्म राहत शिक्षकहरु बिद्यालय नफर्कने


  • माग पूरा नभएसम्म राहत शिक्षकहरु बिद्यालय नफर्कने

    काठमाडौं । सरकारसँग भएको ६ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ । शिक्षक महासंघ र केही संगठनले राहत शिक्षकको मागलाई बेवास्ता गर्दै सरकारसँग सहमति गरेको भन्दै उनीहरुले शनिबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् ।

    शुक्रबार सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसदमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको थियो । तर समझदारीमा राहत शिक्षकको मागलाई समावेश गर्न नमान्दा आफुहरु आन्दोलनलाई निरन्तरता दिने अवस्थामा पुगेको राहत शिक्षकहरुले बताएका छन् ।



  • २०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाई नरहेको उनीहको भनाइ छ । सरकारसंगको वार्ताका क्रममा आफ्ना माग र मुद्धाहरु अघि सार्दा सम्बोधन गर्न सरकार तयार नभएकाले उक्त सहमति आफुहरुलाई स्वीकार्य नभएको बताएका छन् ।

    उनीहरुले वार्ताका क्रममा आफुहरुलाई गृहमन्त्रीले दुव्र्यवहार गरेको आरोप लगाएका छन् । त्यस्तै राहत शिक्षकहरुले आफ्ना मागहरु पुरा नभएसम्म बिद्यालयहरु नफर्कने र आन्दोलन जारी राख्ने जनाएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *