माधव दम्पतीले गरे विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान


  • माधव दम्पतीले गरे विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

    बांके: माधव दम्पतीले बाँकेको राप्तीसोनारी गाउँपालिका–१ बाघखोरस्थित ज्ञानपूर्णोदय प्राविका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका छन् । मंसिर २९ गते विवाह बन्धनमा बाँधिएका स्थानीय माधव रावत र कोमल खड्काले मंगलवार २० हजार बढी मूल्य बराबरको शैक्षिक सामाग्री विद्यार्थीलाई सहयोग गरेको विद्यालयका प्रधानाध्यापक भरत खड्काले जानकारी दिए ।

    नेपाल प्रहरीमा कार्यरत माधव सोही विद्यालयका पूर्व विद्यार्थी हुन् भने कोमल पूर्व शिक्षिका हुन् । उनीहरुले विद्यार्थीहरुलाई कापि, कलम र पेन्सील सहयोग गरेको प्रधानाध्यापक खड्काले बताए । एकजना विद्यार्थीलाई ६/६ वटा कापि, कलम र पेन्सीलका दरले ५० जना विद्यार्थीलाई उक्त सामाग्री सहयोग प्राप्त भएको खड्काको भनाइ छ । त्यसैगरी विद्यालयलाई फुटवल र साउण्ड सिस्टम एकएक थान सहयोग गरिएको रावतले बताए । 



  • कक्षा पाँचसम्म पढाइ हुने ज्ञानपूर्णोदय प्राविमा ५० जना विद्यार्थी छन् । उक्त विद्यालयमा निम्नआयस्तर भएका बालबालिकाहरु अध्ययन गर्छन् । विपन्न तथा गरिव समुदायका बालबालिकाहरुलाई अध्ययनमा सहज होस् भन्ने उद्देश्यका साथ शैक्षिक सामाग्री सहयोग गरिएको नवविवाहित दम्पतीले बताए । शैक्षिक सामाग्री प्रदान कार्यक्रममा सहभागि वडा अध्यक्ष यमबहादुर खड्काले नवविवाहित दम्पतीबाट बालबालिकाको शिक्षाका लागि गरिएको सहयोग अनुकरणीय कार्य भएको प्रतिक्रिया दिए ।

    त्यसैगरी पालिकाका शिक्षा विज्ञ गोरख हमालले विहेवारीपछि घुमघाम र रामरमाइलोका नाममा खर्च गर्नुभन्दा सामाजिक कार्यमा लगानी गर्नु स्रहानीय कार्य भएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरी विकले विपन्न र गरिव बालबालिकाका लागि प्राप्त सहयोगले उनीहरुलाई ठूलो राहात मिलेको भन्दै खुसी व्यक्त गरिन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *