राहत बोकेको ट्याक्टर रुकुम पश्चिममा दुर्घटना: ५ को मृत्यु,९ जना घाईते


  • राहत बोकेको ट्याक्टर रुकुम पश्चिममा दुर्घटना: ५ को मृत्यु,९ जना घाईते

    रुकुम पश्चिम । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्य भएको छ भने ९ जना घाइते भएका छन । बुधवार राती रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १० मा घुम्ती मोड्ने क्रममा सडकबाट करिब ३० मिटर तल खसेर ट्याक्टर दुर्घटना भएको बताईएको छ । 

    बुधबार राति करिब सवा दश बजे भूकम्प पीडितहरुको अस्थायी टहरा निर्माणको लागि जस्तापाता र केहि राहतका सामान बोकेर आठबीसकोट नगरपालिका ९ राडिबाट वडानम्वर ८ को घर्तीगाउँतर्फ जाँदै गरेको रा १ त १४ नम्वरको ट्याक्टर वडा नम्वर १० को तिरिकोट भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए ।

    दुर्घटनामा परेर मृत्युहुनेहरुमा आठबीसकोट नगरपालिका वडा नम्वर १० का ४६ वर्षिय लोकबहादुर शाही र उनको ४२ बर्षिया श्रीमती चुकी शाही, सोहि गाउँका ५२ बर्षिय भर्दर सार्की, वडा नम्वर ८ बस्ने ४८ बर्षिय धनराम सार्की र ४७ बर्षिय निर्मला सार्की रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए। मृतकहरुको शव राति ११ बजे आठबीसकोट नगर अस्पतालमा ल्याईएको छ । 



  • दुर्घटनामा परेर घाईते हुनेहरुमा आठबीसकोट नगरपालिका वडा नम्वर ८ निवासी ३६ वर्षिय जयबहादुर घर्ती, ५८ बर्षिय मने सार्की, ४२ बर्षिय मदन पुन ,४१ वर्षिय खड्क बहादुर पुन, १४ वर्षिय दलबहादुर पुन, ४५ वर्षिय कुमार घर्ती, ३४ बर्षिया रमा गुरुङ सार्की, ५१ बर्षिय जगबिर सार्की र वडा न. १० निवासी ३८ वर्षिय रमेश सार्की छन ।

    घाईते सबैको अहिले आठबीसकोट नगर अस्पतालमा उपचार भईरहेको छ । घाईते मध्य तीन जनाको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । प्रहरीले ट्याक्टर चालक आठबीसकोट नगरपालिका ९ निवासी २१ बर्षिय गोपाल बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *