प्रज्ञालयमा कृष्ण जन्माष्टमी


  • प्रज्ञालयमा कृष्ण जन्माष्टमी

    नेपालगंज : मेरो टुकी प्रज्ञालय स्कुलले कृष्ण जन्माष्टमी महोत्सव गरेको छ।प्रज्ञालयले जन्माष्टमीको दिन विविध कार्यक्रमहरु गरेर जन्माष्टमी मनाएको हो।

    उत्सवका लागि सबै बालबालिकालाई कृष्ण, राधा तथा महाभारतका विशेष पात्रका रुपमा सजाइएको थियो ।उत्सवमा बालबालिकाहरुले संक्षिप्त कृष्णलीला प्रदर्शन गरेका थिए ।कार्यक्रममा बालबालिकाले पूजाआजा, कृष्ण भजनमा नृत्य, कृष्णलीला प्रदर्शनी र शान्तिपाठ गरेकाथिए । कृष्णको जीवन चरित्र र लीला बालबालिका लागि अत्यन्त प्रेरणादायी हुने भएकोले सार्वजनिक विदा हुने भए तापनि प्रज्ञालयले हरेक वर्षकृष्ण जन्माष्टमी सोही दिन भव्यतापूर्वक मनाउने गरेको प्रिन्सिपल कल्पना शर्माले बताइन् । ‘पुराण र इतिहासका प्रेरणादायी पात्रहरुमध्ये कृष्णविशेष छन्’ प्रिन्सिपल शर्माले भनिन्,‘बालबालिकाले अभिनय र उत्सव गर्दागर्दै जीवनमा सत्कर्म, नृत्य, उमङ्ग र सनातन संस्कृति सिक्ने सबैभन्दाराम्रो अवसर जन्माष्टमी हो ।’



  • कृष्ण जन्माष्टमी महोत्सवमा बालबालिकाले वक्तृता, कविता, नृत्य, मन्त्रोच्चारण आदि गतिविधि गरेका थिए । नेपालगन्जको धम्बोझीमा स्थित प्रज्ञालयले पाठ्यक्रमसँगसँगै वैदिक सनातन संस्कृति, ऐतिहासिक  आदर्श परम्परा सिकाउन यसखाले विविधगतिविधि गर्दै आएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *