लुम्बिनी प्रदेशले नयाँ बजेट ल्याउने तयारी गर्दै
काठमाडौं । लुम्बिनी प्रदेशमा गठबन्धन सरकारले चालू आर्थिक वर्षका लागि नयाँ बजेट ल्याउने भएको छ । भदौ १ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभामा विचाराधीन रहेको प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिने निर्णय गरेपछि प्रदेश सरकारले नयाँ बजेट ल्याउने संकेत गरेको हो । मन्त्रिपरिषद्को बैठकले संसद्मा विचाराधीन रहेको उक्त विधेयक फिर्ता लिन आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्कालाई स्वीकृत प्रदान