प्रहरीमा तीन एसएसपीको दरबन्दी खाली, आकांक्षी धेरै
काठमाडौं । बिहीबारदेखि नेपाल प्रहरीमा एसएसपीका तीन दरबन्दी रिक्त भएका छन् । तीन एसएसपीले ३० वर्षे सेवाअवधि नै पूरा नगरी उमेहदका कारण अवकाश पाएका हुन् । बिहीबार एसएसपी दिलिप चौधरीले अवकाश पाए । एसएसपीको ५५ वर्षे उमेरहदका कारण उनले अवकाश पाएका हुन् । आफुलाई डिआइजी बढुवामा अन्याय भएको बुधबार पत्रकार सम्मेलन आयोजना गरी उनले गुनासो गरे । चौधरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची हुन् । एसपी बढुवा हुँदा पहिलो नम्बरमा